मंगलबार , बैसाख १८, २०८१

केही वर्षअघि आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेर मरुभूमिमा बिच्छी खोज्न थालेका एक युवक अहिले करोडपछि बनेका छन् । इजिप्टका २५ वर्षका मोहम्मद हाम्दी बोश्ता बिच्छीको वि`ष बेच्छन् । यो विचित्रको सोखले आफूलाई यति धनी बनाउला भनेर उनले आफैंले पनि सोचेका थिएनन् ।।

अहिले उनले १ ग्राम वि`षको लागि १० हजार डलर (११ लाख ८० हजार रुपैयाँ) मूल्य पाउँने गर्दछन् । रोयटर्सका अनुसार इजिप्टको मरुभूमि र समुद्रका तटीय क्षेत्रमा बिच्छी समात्नको लागि हाम्दीले केही वर्ष पहिले आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेका थिए । उनी यी बिच्छीबाट वि`ष निकाल्छन् जसको प्रयोग औषधि बनाउन गरिन्छ ।।

केवल २८ वर्षको उमेरमा मोहम्मद हाम्दी कायरो भेनम कम्पनीका मालिक बनेका छन् । यो यस्तो परियोजना हो जहाँ अलग अलग प्रजातिका ८० हजारभन्दा धेरै बिच्छी र सर्प पालिएका छन् । यी सर्प र बिच्छीको वि`ष निकालेर औषधि बनाउने कम्पनीलाई बेचिन्छ । युभी लाइट अर्थात पारावैजनी प्रकाशको सहयोगले समातिएका बिच्छीको वि`ष निकाल्नको लागि उनीहरुलाई हल्का बिजुलीको झट्का दिइन्छ ।।

झट्का लाग्ना साथ उनीहरुको वि`ष बाहिर आउँछ र यो वि´ष लाई भण्डार गरेर राखिन्छ । रोयटर्सको रिपोर्टका अनुसार बिच्छीको एक ग्राम वि`ष बाट २० हजारदेखि ५० हजारसम्म एन्टिभेनम (वि`ष प्रतिरोधी औषधि) डोज बनाइन्छ । एन्टिभेनम औषधि तयार गर्दा बिच्छीको वि`षको परिमाणमा निकै सावधानी अपनाइन्छ । मोहम्मद हाम्दीले बिच्छीको यो वि`ष युरोप र अमेरिकामा आपूर्ति गर्छन् ।।

त्यहाँ यो वि`षको प्रयोग एन्टिभेनम औषधि र हाइपरटेन्सनको औषधि बनाउन गरिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको रिपोर्टअनुसार अमेरिकामा मात्र हरेक वर्ष ८० हजार मानिसहरुलाई वि`षालु सर्प वा बिच्छीले टोक्छन् । यसरी टोकिएपछि ती बिरामीलाई तत्काल उपचारको आवश्यकता हुन्छ । यी बिरामीको उपचारमा वि`षबाटै बनाइएका एन्टिभेनम औषधि प्रयोग गरिन्छ ।

इन्फो नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय