मंगलबार , बैसाख १८, २०८१

राजनीति

चुनावको मुखमै बालेनले ल्याए अर्को यस्तो कडा नियम, अटेर गरे कसैलाई पनि नछोड्ने दिए चेतावनी

सडक संचार September 29, 2022

काठमाडौँ महानगरमा बालेनको नयाँ नियम आयो, अटेर गरे हुनेछ यस्तो कडा जरिवाना (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

१३ असोज, काठमाडौं

 

काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ।

 

महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

 

सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।

 

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।

 

ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको सेवनमा प्रतिवन्ध लगाइसकेको छ।

 

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

 

काठमाडौंका मेयर बालेन शाह पछि ताते पोखरा मेयर आचार्य पनि चलाए आफ्नै भवनमा डोजर

 

पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलमा रहेको महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगरका मेयर धनराज आचार्य, वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो ।

 

महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ ।

 

महानगरका यी दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० वटा शटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ ।

 

भाडामा लगाइएका शटरलाई हट्न महानगरले सात दिनको दुई पटक र पुनः ३५ दिने सूचना दिएर आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन सुरु गरिएको हो ।

 

वडाध्यक्ष मर्सानीले भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भत्काउन सुरु गरिएको बताउनुभयो । महानगरले भवन हटाएपछि भवनले चर्चेको जमिनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘भवन हटाएपछि यसले चर्चेको जमिनमा पोखराको सौन्दर्य वृद्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौँ ।’ महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकमा रहेको साविकको ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने जनाएको छ ।

 

पृथ्वीचोकमा भवनका लागि दुई करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो भवन दुई रोपनी जमिनमा बन्नेछ ।

 

पोखरा महानगरपालिकाले पछिल्ला केही दिनयता सार्वजनिक जमिनमा निर्माण गरिएको संरचना हटाउन सुरु गरेको छ । वडा कार्यालयले सूचना जारी गरी आ–आफ्नो क्षेत्रभित्र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको संरचना भत्काएका हुन् ।

 

पोखरा–२५ हेमजाले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सार्वजनिक जमिन अतिक्रमण गरी सडक मापदण्डभित्रका संरचना हटाउन सुरु गरेको वडाका अध्यक्ष एवम् महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले बताउनुभयो ।

 

‘मेरो चुनाव खर्च २ लाख नि थिएन, जरिवाना ५ लाख? आयोगले लुट्न खोज्यो’

 

धरान उप महानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ (राई) ले जरिवानाको नाममा निर्वाचन आयोगले लुट्न खोजेको आरोप लगाएका छन्।

 

समयमा नै चुनावी खर्च विवरण सार्वजनिक नगरेकोभन्दै निर्वाचन आयोगले नगर प्रमुख साम्पाङलाई साढे ५ लाख जरिवाना तिर्न भनेको छ।

 

यही सन्दर्भमा उनले मंगलबार सामाजिक संजालमा धारणा राख्दै आयोगले लुट्ने काम गर्न लागेको बताएका हुन्।

 

उनी फेसबुकमा लेख्छन् ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो, मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै?’

 

यो पनि,

 

काठमाडौं । यतिबेला टुकुचा खोलाको खोजीको खुबै चर्चा भएको छ । काठमाडौंको मुटु मानिने दरबारमार्ग र कमलादी आसपासको क्षेत्रमा टुकुचा खोला नै गायब थियो ।

 

घरमाथी ठूला–ठूला संरचना बनेका थिए । काठमाडौं महानगरपालिकामा मेयर पदमा जितेर र्यापर बालेन (बालेन्द्र) साह आएपछि यो खोला खोज्ने काम सुरु भएको छ । ती ठूला घरहरुपनि खाली गराएर खोला खोजिदैछ ।

 

उच्च अदालत पाटनले खोला खोज्ने काम रोक्न आदेश दिएको छ तर आदेशका बावजुदपनि खोला खोज्ने क्रम जारी छ । यही क्रममा खोलामा पर्ने एउटा घरमा पूर्व राजा स्वर्गीय वीरेन्द्रवीर बिक्रम शाह चढ्ने एउटा मर्सिडिज कार फेला परेको छ ।

 

यति पुरानो मर्सिडिज कार त्यहाँ कसरी पुग्यो ? त्यहाँ राजाको कार कसरी रह्यो भन्ने कुरा खैलाबैला नै बन्दैछ । कतै टुकुचा खोला खोज्ने कार्य अहिलेसम्म गर्भमा रहेको राजदरबार हत्याकाण्डको प्रमाण भेटिने त हैन भन्ने सबैको चासो बनेको छ ।

 

पछिल्लो समय बालेन साहको नेतृत्वमा टुकुचा खोला माथि जतिपनि संरना बनेका छन् ति सबै भत्काउने तयारी भइरहेको छ ।

 

अदालतबाट नभत्काउन आदेश आएपनि बालेन निडर भएर महानगरको टोलीलाई भत्काउने आदेश दिएर भत्काई रहेको देखिन्छ । कतिपयले बालेनको कामलाई स्याबास भनेका छन् । भने कतिपय सडकमा उत्रेर बालेनको बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय