मंगलबार , बैसाख १८, २०८१

काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्न नेकपा माओवादी सशर्त तयार भएको छ । उसले शर्मामाथि उठेको विषयमा छानविन गर्न समिति गठन गर्ने भए यसअघिका अर्थमन्त्रीहरुमाथि पनि उठेका प्रश्नहरुबारे छानविन गर्न समिति बनाउनुपर्ने शर्त सारेको हो ।

 

 

नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङ्गले पौडेल र खतिवडा अर्थमन्त्री हुँदा उठेका प्रश्नहरुबारे पनि अब बन्ने संसदीय समितिले छानविन गर्नुपर्ने शर्त सारे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नुन आयात गर्न मोदी दुगडको कम्पनीलाई जिम्मा दिने निर्णय गरेपछि विरोध भएको थियो । त्यसपछि संसदीय समिति बनाउने भनिएपनि सेलाएको थियो ।

 

तत्कालनि अर्थमन्त्री युवराज खतिवडामाथि विद्युतीय सवारीसाधनमाथि कर वृद्धि गरेको विषय उठेको थियो । यसमा उनी नाम चलेका केही व्यापारीबाट प्रभावित भएको चर्चा चलेको थियो । उनले चकलेटमा करको वृद्धि गरेपछि छानविनको आवाज उठेको थियो ।

 

विद्युतीय सामाग्रीमाथि कर बढाउनुको असर राज्यले अझै भोगिरहेको छ । विद्युतीय सामाग्रीलाई निरुत्साहित गर्दा अहिले पेट्रोलियम पद्धार्थको प्रयोग बढ्दा देश नै टाट पल्टने अवस्थामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय