मंगलबार , बैसाख १८, २०८१

काठमाण्डौ – नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले यस पटकको विश्व कप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

 

आज शुक्रवार काठमाण्डौमा भएको एक कार्यक्रममा उपनेता नेम्वाङले आउँदो नोभेम्बरमा हुने विश्व कप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गर्नुभएको हो

 

 

। । आफू लियोनल मेस्सी र अर्जेन्टिनाको प्रशंसक भएको भन्दै उहाँले भन्नुभयो, ‘जे होस् यसपालि अर्जेन्टिनाले, मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।’उपनेता नेम्वाङले आफूले अहिले पनि राति १२ बजेसम्म उठेर फुटबल हेर्ने गरेको पनि सुनाउनुभयो ।

 

 

 

अहिले मेस्सी इटाली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) गएको भन्दै उहाँले भन्नुभयो, ‘मलाई निकै मनपर्ने खेलाडी मेस्सी अहिले पीएसजी गएको हुनाले बार्सिलोनाको फुटबल हेर्न छोडेको छु, अर्जेन्टिना र र पीएसजीको फुटबल हेर्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय