मंगलबार , बैसाख १८, २०८१

भदौ २ रुपन्देही / पहिलो अपडेट
रुपन्देहीमा भर्खरै भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत रुपन्देही ढवाहा गुराँस हस्पिटल नजिकै लु २५ प ५००१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।
पश्चिमबाट वुटवलतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको गुराँस हस्पिटल प्रा.लि.का अध्यक्ष नारायण भुसालले जानकारी दिए ।
ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बाटो छेउ रहेको पोलमा ठोक्किएर दुर्घटना भएको भुसालले जानकरी दिए । भुसालका अनुसार मृतकको यो समाचार तयार पार्दासम्म पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय