Kathmandu, Nepal

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार जित हात पारे भने एक सिट प्रमुख प्रतिपक्ष नेपा एमालेको पोल्टामा पर्‍यो ।

प्रदेश १ बाट सोनम गेल्जेन शेर्पाले गठबन्धनको तर्फबाट भिडेका हेमराज राईलाई पराजित गरेपछि एमालेको नाक जोगिएको हो । शेर्पाको जितले नै एमालेलाई ‘क्लिन स्वीप’बाट बचायो ।

अन्य १८ सिटमा भने पूर्वदेखि पश्चिमसम्मै गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चा भने पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ । २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेको

जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामा पुगेको हो । लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् । प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन् ।

यस्तै, मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् । वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र

कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।कर्णाली प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङ र

माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित भएका छन् ।  सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगतबहादुर पार्की र

एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार १९ पदका लागि ४३ जना प्रतिस्पर्धामा थिए ।

source: www.newskarobar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय