काठमाडौं ।
नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका
प्रमुख रेनु दाहालले परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र भएको बताएकी छिन ।
भरतपुर महानगरपालिका वडा नं ६ को पार्टी प्रवेश तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै
दाहालले देशको विकास र समद्धि माओवादी केन्द्रबाट मात्र सम्भव हुने बताएकी हुन ।
एमाले ,कांग्रेस तथा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता
अनुसार उचित जिम्मेवारी दिने बताउँदै उनले ढुक्क भएर संगठनिक गतिविधीमा लाग्न आग्रह गरिन् ।
उनले भनिन् , तपाईहरूको संरक्षण पार्टीले गर्छ तपाईहरू ढुक्क भएर लाग्नुस्।
पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै दाहालले आफू भरतपुर महानगरपालिका
प्रमुखको भूमिकामा रहेर काम गर्दा सधै जनता र
विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउदै विकास शुसासन र जनहितमात्र आफ्नो लक्ष रहेको बताईन् ।
उनले आउने निर्वाचनमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्नैपर्ने बताउदै
यूगान्तकारी परिवर्तनको रक्षा र यसको विकासका लागी माओवादी नै चाहिने बताईन ।
उनले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरिन् ।उनले भरतपुरको विकासमा
आफू केन्द्रित भएको बताउदै विकासको नमुना आफूले भरतपुरबाट सुरू गरेको समेत बताईन् ।
उनले भनिन,तपाईहरूका जायज आवस्यकता र योजनाहरू
लिएरआउनुस् स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग हुन्छ ।
भरतपुर महानगरपालिकाले पूर्वाधारका साथै कृषि ,स्वास्थ्य ,शिक्षा सामाजिक विकासमा प्रदान गरिएको
अनुदानले उत्पादकत्व वृद्दिका साथै किसानको जीवनस्तरमा सहयोग पुर्याएको बताईन् ।
कार्यक्रममा नेकपा माओवादि केन्द्र बागमती प्रदेशका सचिबालय
सदस्य तथा बागमती प्रदेश सांसद घनस्याम दाहाल (अबिनास) ले
युगान्तकारी परिवर्तनको बहाक माओवादी केन्द्र र यसको मूल नेतृत्व अध्यक्ष प्रचण्ड नै रहेको बताए ।
यस्तै कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष यम बहादुर परियारले जनताको असली पार्टी छानेर
माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई बधाई दिदै ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरे ।
उनले पार्टिले उचित जिम्मेवारी दिने समेत बताए । सो अवसरमा माओवादी केन्द्रमा २ सय १४ जना प्रवेश गरेका छन ।
उनिहरुलाई रेनु दाहालले टिका र खादा लगायर पार्टी प्रबेश गराएकी हुन ।