नेपाली राजनिती,

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र पठाएका छन्।

उनले लिङ्देनलाई बधाइ दिँदै पत्र पठाएका हुन्।

‘राप्रपा महाधिवेशनबाट केन्द्रीय नेतृत्वको निर्वाचनको क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले गरेको हस्तक्षेप (जसको हामीसँग यथेष्ट प्रमाण छ)

अब जगजाहेर भइसकेको छ। स्वयं पूर्व राजाको प्रत्यक्ष निर्देशनमा उहांका सचिवहरू र नातेदारहरूले राजको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई दबाब दिने तथा प्रभाव र प्रलोभनमा पार्ने काम खुलारूपमा भ ।

पार्टीको आन्तरिक मामिलामा पार्टीइतर शक्तिबाट भएको हस्तक्षेप अमर्यादित, अवाञ्छनिय र निन्दनीय छ,’ पत्रमा भनिएको छ।

उनले महाधिवेशनको बन्दसत्रमा ‘राजनीतिभन्दा माथि रहने तीन करोड नेपालीको साझा संस्थाका रूपमा राजसंस्था पुनर्स्थापना गर्ने नीतिबारे छलफल भइरहँदाको समयमा निर्मल निवासबाट भएको हस्तक्षेपको परिणामस्वरुप राप्रपाले अवलम्वन गर्दै आएको राजसंस्था सम्बन्धि आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको बताए।

‘राप्रपाले परिकल्पना गरेको राजसंस्था पार्टीगत राजनीतिभन्दा माथि उठेको सबैको विश्वास र आस्था आर्जन गर्नसक्ने तथा अभिभावकीय हैसियतमा रहने एउटा आदर्श संस्था हो।

नेपालको भूराजनीतिक अवस्था र धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजसंस्था आवश्यक छ भन्ने राप्रपाको सुस्पष्ट र दृढ धारणा हो। यो मान्यताको उल्लंघन गर्दै निर्मल निवास स्वयंले राप्रपाको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको छ। यो घटनापछि राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ,’ उनले भनेका छन्।

शतप्रतिशत राजावादीहरू भएको दलमा त पूर्व राजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पना अनुरुप ‘राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टि छ?’ भन्दै उनले प्रश्न गरेका छन्। यो खबर अन्नपुर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय