नेपाली राजनिती,

नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् ।

दर्पण दैनिकसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

पदको लागि मरिमेट्ने केहि नेता कार्यकर्ताहरु माधव नेपालको पछि लागे पनि जनमत एमालेकै पक्ष रहेको उनले बताइन । आगामी चुनावमा एमालेलाई बहुमत ल्याउनमा कुनै तागतले रोक्न नसक्ने उनको दावी छ ।

रामकुमारी झाक्रीहरुले चर्को भाषण गर्दैमा संगठन विस्तार नहुने भन्दै एमालेको जस्तो संगठन भएको पार्टी अरु नभएको उनले बताइन । उनले भनिन, ‘ओली जतिको अडान भएको राजनेता संसारमै छैन ।

माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् माधव नेपालको अबैध पार्टी कम्युनिस्ट आन्दोलन कै कंलक हो ’ माधव नेपालसँग जाने सम्पूर्ण नेता तथा कार्यकता हरूलाई एमालेमा आएर राजनीति भविष्य सुनिश्चित गर्न उनको अपील छ । यो खबर साभार गरियको ह्ो । यता बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उहाँको सचिवालयले जनाएको छ ।

साविकको प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएकोले त्यसलाई भत्काएर तीन–तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको हो । एक रोपनी जग्गामा बनाइएको एउटा भवन प्रधानमन्त्रीले प्रयोग गर्नुहुनेछ भने दुई रोपनी जग्गामा बनाइएको अर्को भवन सार्वजनिक प्रयोजनका लागि हो । सार्वजनिक भवनको निर्माण पूरा हुन बाँकी छ ।

प्रधानमन्त्रीका लागि बनाइएको भवन बंकरसहितको विशेष सुरक्षा प्रवन्धयुक्त छ । यो भवनको पहिलो तलामा मुख्य शयन कक्ष, परिवारका सदस्यका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कोठा, पूजा कोठा, होम थिएटर, लबी, जिम हल र बाल्कोनी छन्।

दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीन वटा कोठा, विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने कोठा, पाहुनाको सहयोगीका लागि कोठा, डाइनिङ, किचन र लबि लगायतका कोठाहरु छन् । सार्वजनिक प्रयोजनका लागि बनाइएको भवनको भुइँ तलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषदको आकस्मिक बैठक कक्ष, सञ्चार केन्द्र लगायतका कोठाहरु छन् । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय