मंगलबार , बैसाख १८, २०८१

नेपाली राजनिती,

सभामुख हुँदा यौ;न दुर्व्यवहारको आरोप लागेपछि पद बाट हटाइएका कृष्णवहादुर महरा नेकपा माओवादी केन्द्रको पवक्ता नियुक्त भएपछि पार्टीमा असन्तुष्टीको ज्वारभाटा छुटेको छ ।

गत सोमबार र मंगलबार काठ माडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको थियो।नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ।

यो प्रकरणपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नारायण काजी विच वोलचाल नै वन्द भएको पार्टीका नेताहरु वताउँछन् । स्रोतका अनुसार उनले पार्टी छोड्नेसम्मको धम्की दाहाललाई दिएका छन ।

निकै लामो समयदेखी अपमानित भएर बसेका श्रेष्ठले अव चै त्यस्तो अपमान सहेर नवस्ने वताउन थालेका छन् । शेरवहादुर देउवा नेतृतत्वको सरकारमा उपप्रधान सहित मालदार मन्त्रालमायमा मन्त्री वन्ने भन्दै खुट्टा उचालेर बसेका श्रेष्ठलाई प्रचण्डले खासै वास्ता नगरेको र हुँदा खाँदाको पद पनि खोसेपछि उनी रुष्ट वनेको वताईन्छ।

श्रेष्ठलाई सरकारमा पठाउने विषयमा प्रधानमन्त्री देउवाले पनि असहमति जनाएको वताईन्छ। त्यसमाथि प्रचण्डले ख्यालख्यालमै जिम्मेवारीवाट हटाएपछि उनको भुमिका शून्य जस्तै भएको छ । पछिल्लो समय माओवादीभित्र प्रचण्डले महरालाई सबैभन्दा बढी विश्वास गर्न थालेको र श्रेष्ठलाई देख्न नसकेको नेताहरु नै वताउँछन ।

प्रचण्डको यो कदमपछि आफुले भनेजस्तो भए माओ वादी केन्द्र त्याग्ने अवस्थामा श्रेष्ठ पुगेका छन् उनले निकटस्थसँग यसबारे छलफल पनि गरेका छन् सधैभरी अपमानित भएर वस्नु भन्दा प्रचण्डसँग अलग हुने उन को मनस्थिती छ। तर, पार्टी फुटाएर सानोझुण्ड भएर बस्नुभन्दा कुनै ठुलै पार्टीमा मिल्न सके राजनीतिक भविष्य सुरक्षित हुने केही नेताको सल्लाहपछि उनले त्यसको तयारी समेत थालेको वताइन्छ।

उनले प्रचण्डलाई छोडेर नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । एमालेमा पार्टी उपाध्यक्ष दिए प्रबेश गर्ने सन्देश उनले एमाले अध्यक्ष ओलीलाई पठाएका छन् । तर, ओलीले त्यस विषयमा श्रेष्ठलाई कुनै प्रतिक्रिया दिएका छैनन् । ओलीसँग सहमतिको वातावरण वनाउन श्रेष्ठले अर्का नेता गिरीराजमणी पोखरेललाई खटाएको श्रोतको दावी छ।

भक्तपुर -नेकपा एमालेका नेता महेश बस्नेतले काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई हराउने जिम्मा आफूले लिने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केहीबेर भक्तपुरमा आयोजित एक कार्यक्रममा दुर्लभलाई हराउन महेश बस्नेतलाई चुनौति दिनुभएको थियो ।

त्यसको केहीबेरपछि भक्तपुरकै सूर्यविनायक नगर पालि कामा आयोजित एमाले नगरस्तरीय बैठकलाई सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्री देउवालाई जवाफ फर्काउनु भए को हो । ‘प्रधानमन्त्रीजीले दुर्लभलाई हराएर देखाउन भन्नुभएछ ’ बस्नेतले भन्नुभयो त्यसको जिम्मा म लिन्छु भक्तपुरमा काँग्रेस हाम्रो प्रतिवन्दी पार्टी होइन ।

काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार विदेशी शक्तिको इशारामा चलेको आरो प लगाएका छन् । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा ज्ञवालीले वर्त मान सरकारले देश र जनताका लागि नभएर विदेशीको इशारामा काम गरेको आरोप लगाएका हुन् ।

उनले दार्चुलामा तुईन काटेर नेपाली बेपत्ता भएको घटनादेखि लिपुलेक कालापानीका विषयमा सरकार मौन बसेको पनि आरोप लगाए । ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने तर्क गरे। lipulekhtimes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय