मंगलबार , बैसाख १८, २०८१

नेपाली राजनिती,

माओवादी भातृ संगठन वाइसिएलका कोषाध्यक्षसहित नेकपा माओवादी केन्द्रका ५० भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।

देशको अहिलेको बेतिथिको प्रमुख जिम्मेवार पुष्पकमल दाहाल प्रचण्ड रहेको ठहर गर्दै त्यसबिरुद्ध लडने अठोटसहित माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।

एमाले प्रवेश गर्नेमा वाइसीएल कोषाध्यक्ष केशब भट्टराइसहित ५० जनाको टिम एमाले प्रवेश गर्नुभएको हो । ‘अब प्रचण्डको नेतृत्वमा रहेको पार्टी बाट देशको लागि कुनै प्रगति नहुने भन्दै चितवनका कोषाध्यक्ष माओवादीलाई शुन्य नै बनाउने अठोटसहित एमाले रोजेका हौं,’ भट्टराइले भन्नुभयो ।

एमाले प्रवेश गर्ने टोलीलाई एमाले पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डे, जिल्ला इन्चार्ज काशिनाथ अधिकारी, एमाले जिल्ला अध्यक्ष पार्बती रावलसहितका नेताहरुले स्वागत गर्नुभएको छ ।

यो पनि पढ्नुहोश:जनता समावजादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सत्तागठबन्धन चुनावसम्म लम्ब्याउने सहमित नभएको बताएका छन् । ‘सुज’ अभियानअन्तर्गत भीमसेन थापा गाउँपालिका बगुवा पुगेका भट्टराईले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

उनले सरकारमा रहेको पाँचदलीय गठबन्धन चुनावसम्म जाने विषयमा छलफल मात्रै भएको बताए । ‘केपी ओलीको प्रतिगमनविरुद्ध एकजुट भएका पाँच दलको गठबन्धन आगामी चुनावसम्म गठबन्धन भएहुन्थ्यो भन्ने धेरैको धारणा छ, तर अहिलेसम्म त्यस्तो कुनै सहमति भएको छैन,’ भट्टराईले भने, ‘चुनावमा गठबन्धन नभए पनि प्रतिगमनविरुद्ध भने गठबन्धन कायमै रहन्छ ।

उनले न्यायपालिकाको समस्या उनीहरू आफैँले समाधान गर्नुपर्ने, तर समाधान नभए व्यवस्थापिकाले आवश्यक पहल लिन पनि सक्ने बताए । उनले भने, ‘न्यायालयमा अहिले देखिएको समस्या आफैँभित्रबाट हल भएन भने व्यवस्थापिकाले आवश्यक पहल गर्न सक्छ । त्यस्तोमा राजनीतिक दलहरू पनि सक्रिय हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय