मंगलबार , बैसाख १८, २०८१

नेपाली राजनिती,

काठमाडौं । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना एमाले प्रवेश गर्ने विषय यतिबेला सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चर्चामा छ ।

सानै उमेरमा राजनीतिमा होमिएकी दर्शना वैकल्पिक राजनीतिक शक्ति स्थापित गर्ने भन्दै उही पुरानो पार्टी प्रवेश गर्ने चर्चाले स्थान पाउनु स्वभाविकै हो ।

विवेकशील साझा संयोजक मिलन पाण्डेले दर्शना एमाले प्रवेश गर्ने विषय हल्ला निराधार भएको बताए । पाण्डेका अनुसार दर्शना कुनै पनि हालतमा एमाले प्रवेश गर्ने सम्भावना छैन ।

‘मैले रञ्जुजीसँग कुराकानी गरेअनुसार त्यो हुँदै होइन । कुनै पार्टीको चियापानमा जाँदैमा या नियमित भेटघाट गर्दैमा पार्टी नै प्रवेश गर्यो भन्नु हाँस्यास्पद कुरा हो’, पाण्डेले भने ‘यो हल्लाले राजनीतिमा के महत्वपूर्ण रहेछ भन्ने पनि देखायो ।

म पनि केही अघिसम्म एमाले र कांग्रेसका नेताहरूसँग बसेर आएँ । त्यो हुँदैमा म अर्को पार्टी जान लागेको भन्ने होइन ।’

दर्शना एमाले प्रवेशबारे एमालेका प्रवक्ता प्रदीप ज्ञवालीसँग जिज्ञासा राख्दा अनविज्ञता प्रकट गरे । ‘यसबारे पार्टीलाई अहिलेसम्म कुनै आधिकारिक जानकारी छैन’, उनले भने, ‘आधिकारिक कुनै निर्णय भएछ भने हामी जानकारी गराउँछौं ।

’ यसअघि संयोजक मिलन पाण्डे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्दैछन् भन्ने हल्ला चलेपछि पाण्डेले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका थिए ।

हालै बसेको विवेकशील साझा पार्टीको बैठकमा अध्यक्ष रविन्द्र मिश्रको संघीयता खारेज र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने लाइन दुई तिहाइले पास भएपछि पार्टी विभाजित भएको छ । निर्वाचन आयोगले समेत मिश्रको निर्णयलाई मान्यता दिएपछि पाण्डे समूह छलफलमा छन् ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति निकै आक्रामक हुने गर्छन् । उनले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईप्रति शब्दवाण प्रहार गरिरहेका छन् ।

प्रचण्ड र बाबुराममाथि माओवादी द्वन्द्वका क्रममा १७ हजार मृत्युको दोष लगाउन थालेका छन् । उनले दुवैको नाम लिएर आइतबार एक कार्यक्रममा भने, १७ हजार मर्दा प्रचण्ड र बाबुराम कसरी बाँचे ? प्रचण्ड र बाबुरामले विदेशीको इशारामा देशमा हिंसा मच्चाएको आरोप समेत लगाइरहेका छन् । ओली माधवकुमार नेपालविरुद्ध झन् आक्रामक बन्दै गएका छन् । उनले नेपाल आफू बन्नभन्दा एमाले बिगार्न लागेको आरोप लगाइरहेका छन् ।

प्रचण्डलाई आउँदो चुनाव हराउन ओलीले रणनीति बनाइसकेका छन् । त्यसका लागि राप्रपाबाट प्रचण्डविरुद्ध चुनाव लडेका विक्रम पाण्डेलाई पार्टीमा भित्राउन खोजेका छन् । पाण्डे एमाले प्रवेश गर्ने निश्चित भइसकेको छ । उनको चितवनमा बलियो पकड छ ।

प्रचण्डमाथि चुनौती थप्न ओलीले उनका पूर्व सहकर्मी रामबहादुर थापा बादललाई साथ लिएका छन् । बादललाई एमालेको महत्वपूर्ण जिम्मेवारी दिएका छन् । बुटवलमा गर्ने भनिएको एमालेको १०औं महाधिवेशन चितवनमा सारेका छन् । प्रचण्ड चुनाव जितेको क्षेत्रमा रहेको माडी अयोध्यापुरीमा राम मन्दिर निर्माण गरेर चुनौती थपिदिएका छन् ।

बाबुरामलाई गोरखाबाट चुनाव हराउन ओलीले उनका विरोधीहरुलाई साथमा ल्याइसकेका छन् । त्यहाँ उनका विरुद्ध चुनाव लड्ने जोकोहीलाई साथ दिने सम्मको ओलीको रणनीति रहेको बुझिएको छ । त्यस क्षेत्रमा प्रभाव रहेका एकजना चर्चित व्यक्तिलाई ओलीले साथमा पारिसकेको बुझिएको छ ।

माधव नेपाल चुनाव लड्ने काठमाडौं या रौतहट सम्भावित क्षेत्रमा ओलीले अवस्था बुझ्न थालिसकेका छन् । रौतहटमा प्रभु साहलाई साथमा लिइसकेका छन् । माधव नेपाल रौतहटमा चुनाव लड्न बढेमा साहलाई बढाउने ओलीको रणनीति देखिन्छ । काठमाडौंमा पनि माधव नेपाललाई चुनाव हराउन ओलीले सबै किसिमको अस्त्र प्रयोग गर्ने गरी तयारी थालिसकेका छन् । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय