मंगलबार , बैसाख १८, २०८१

नेपाली राजनिती,

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ४ का माओवादीका प्रभावशाली नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन ।

गत स्थानीय निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट वडाध्यक्षका उम्मेद्धार बन्नुभएका अर्जुन तामाङसहित तीन दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नुभएको हो ।

नेकपा एमाले मिक्लाजुङ गाउँ कमिटीले तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान/पार्टी प्रवेश कार्यक्रममा उहाँहरु एमाले प्रवशे गर्नुभएको हो ।

नव प्रवेशीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडा, विशिस्ट अतिथि प्रदेस कमिटी सदस्य रामकृष्ण राइ,भुपेन्द्र लावती, दहशेर राईलगायत जिल्ला कमिटी सदस्य द्वय नरेन्द्र ढुङ्गेल र देवि आचार्य लगायतले पार्टीमा स्वागत गर्नुभएको छ ।

कार्यक्रममा कांग्रेस, राप्रपालगायतबाट पनि एक दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुक र जनताबिरुद्ध लागेको निश्कर्षमा आफूहरु पुगेपछि समृद्धिका सम्वाहक एमाले रोजेको नवप्रवेसी नेताहरुले बताउनु भयो । यो खबर पाथिभरा न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय