मंगलबार , बैसाख १८, २०८१

गुजरात

भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन् ।

पश्चिम गुजरातको कुचकी वाल्जी भाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन् ।

इन विट्रो फर्टि’लाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्के’री गराइएको हर्ष आइभीएफ सेन्टरका डा. नरेश भानुशालीले बताएका छन् । शिशु र आमा दुवैको स्वास्थ्य स्वस्थ रहेको बताइएको छ ।

करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । सन्तानको रहर पूरा गर्न सो दम्पतीले करिब दुई दशकसम्म विभिन्न कोसिस गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् ।

बुढो उमेरमा पहिलो बच्चा जन्माउने वाल्जीभाइ संसारको पहिलो महिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । यसअघि स्पेनकी म्यारिया डेल कार्मेन लाराले ६६ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएर विश्व रेकर्ड राखेकी थिइन् ।

यद्यपि, सन् २०१६ मा विवादित ओभरी प्र’त्यारोपणमार्फत इटालीकी एन्टोलिया भर्टेडेलाले १०१ वर्षको उमेरमा ९ पाउन्डको शिशु जन्माएको वल्र्ड रेकर्ड एकेडेमीले जनाएको छ। यो खबर अन्नपुर्ण पोस्टबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय