पुरा खबर,
कन्या राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ ।
यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् ।
यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन् ।
वृश्चिक राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् ।पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् ।
परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् ।
सिंह राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने खुबी हुन्छ ।
कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमै राज नै गर्ने गर्छन् ।
कर्कट राशी भएका महिलाहरु जिद्दी हुन्छन् । घर परिवारमा हुने हरेक कार्यको निर्णयमा आफ्नै प्रभाव जमाउने खालका हुन्छन् । श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन ।
कर्कट राशि भएका बुहारीले घरमा राजनै गर्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ । यो खबर दर्पन पोस्टबाट साभार गरियको हो ।