मंगलबार , बैसाख १८, २०८१

राजनिती,

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी न’फुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका छन् ।

उनले केही कु’हिएर झरेका पात भएको र केही बाहिरिएको मात्रै भएको बताएका हुन् ।

एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,’पार्टी फु’टेको होइन,केही कुहि’एर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदाल’तले फै’सला गर्‍यो भने यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’

उनले भने,’पार्टीले निकालेको छैन भन्दै पार्टी दर्ता गर्न मिल्छ ? यो ज्यादती हो हामीले अदा’लतमा मु’द्दा दर्ता गरेका छौं ।’ यस्तै, ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको बताए ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताएको बताए । उनले भने,’जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दिएका छन् ।’ ओलीले पुष्पकमल दाहालको पछि लागेर विनाशको बाटो बाहेक केही नभएको बताए ।

मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै ओलीले भने,’७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनु लो’भी पा’पीको ह’ड्डीको लागि ल’डाइँ छ ।’ यो खबर कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय