मंगलबार , बैसाख १८, २०८१

पुरा खबर,

अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षामा व्यस्त छिन् ।

परीक्षाको चटारोले उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि उनी ट्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् ।

शुक्रबार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई छक्क तुल्याइदियो । करिश्मालाई यो फोन थियो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ।

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधेका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक संवादमा पनि उल्लेख गरेकी छिन् । ‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’

सुरुमा ओली बोलेको भनेर करिश्मालाई विश्वास लागेन । अनि ओलीले डुंगाको कथा सुनाए । यो कथा सुनेर मात्र आफूलाई ओली भन्ने लागेको सन्दर्भ पनि करिश्माले उल्लेख गरेकी छिन् ।

‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’ करिश्माले ओलीको फोनलाई पुष्टि गर्न मोबाइलको स्क्रिनसट समेत सेय गरेकी छिन् ।

उनले सामाजिक संजालमा लेखेकी छन्, फोन आउदा मेरो मोबाइल स्क्रिन मा K.P Sharma Oli भन्ने आयो म छक्क परे !! मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !! करिश्मा परिक्षा कस्तो भैरहेको छ ?

हजुर ठिक छ सर !! तपाई के पि ओलि ????? अ हो बिश्वस लागेन !!! लागेन सर !! अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो ।

आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलो मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा ? यो खबर अनलार्इन नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय