मंगलबार , बैसाख १८, २०८१

पुरा खबर

भरतपुर महानगरपालिका–२ नारायणगढको गणेशहल अगाडि ट्रकले मोटरसाइकलाई ठ’क्कर दिँदा ‘रियल जब सेन्टर’ का प्रवन्ध निर्देशक यदुराज पौडेलले ज्यान गु’माएका छन् ।

३१ वर्षीय पौडेल रत्ननगर नगरपालिका–१० पर्साेनीका स्थायी बासिन्दा हुन् ।

ना ८ ख ६२४९ नम्बरको ट्रकले पौडेलले चढ्ने ना ३९ प २०९३ नम्बरको पल्सर बाइकलाई आज बिहान १०ः३० बजेको समयमा ठ’क्कर दिएको थियो ।

ट्रकको ठ’क्करबाट पौडेलको घ’टनास्थलमै मृ’त्यु भएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पौडेल युवाहरुलाई रोजगारीका अवसरहरु प्रदान गरेर झण्डै दुई बर्षदेखि चितवन आधार क्षेत्र बनाएर नारायणगढको मिलनरोडमा रियल जब सेन्टर खोलेर बसेका थिए । यसले चितवन लगायत यसका छिमेकी जिल्लाहरुका जब खोज्ने युवाहरुलाई काम र रोजगारी दिएर यस व्यवसायमा आफूलाई अलग्गै पहिचान बनाइसकेका थिए ।

बढ्दो शहरीकरणसँगै चितवनमा रोजगारी दिने रोजगारी प्रदायक संस्था र जब खोज्नेको दूरी घटाउनका लागि चितवनमा पनि केही गरौ भन्ने हिसाबले उनले जबसेन्टरको अबधारणा ल्याएका थिए ।

चितवनमा जब दिने र खोज्ने बीचको माध्यम बनेर, परामर्श र साथसाथै जागिर खोज्नेहरुको योग्यता ,क्षमता, सीप अनुसार एउटा कन्सल्ट्याण्टको रुपमा काम गर्ने उद्धेश्य सहित उनले रियल जब सेन्टर स्थापना गरेको सञ्चारमाध्यमहरुलाई बताएका थिए । उनको संस्थामा औषतमा महिनामा ६०० को हा’राहारीमा युवाहरु जब खोज्न जाने गर्दथे भने महिनामा १२० भन्दा बढीलाई जागिर दिने काम भइरहेको थियो । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय