खबर पहिले यो भिडियो हेर्नुस,
मेक्सिको स्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् ।
त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् ।
उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् । ४२ वर्षकी युभित्जा इले आफ्नी ‘नि र्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् ।
उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भि’त्री व’स्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भि’त्री व’स्त्र घुरेर हेरेको देखेकी छु ।
मैले उनलाई मेरा श्रीमान्लाई उ’त्ते’जित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’ युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा प क्राउ गर्न आग्रह गरेकी छिन् । तर प्रहरीले ती २३ वर्षीया महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाए ।
प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ । साभार गरियको खबर