काठमाडौं ।
क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी वर्तमान फुटबलमा विश्वका दुई उत्कृष्ट खेलाडी हुन् । दुईमध्ये को उत्कृष्ट भन्ने बहस निरन्तर चलिरहेको छ । दुवैको आफ्नै विशेषता छ ।
यसै सन्दर्भमा गोल डट कमले विभिन्न ७ पक्षलाई समेटेर दुई खेलाडीको तथ्याङ्क तयार गरेको छ ।
क्रिस्टियानो रोनाल्डो भर्सेस लिओनल मेसीमध्ये को ‘ग्रेटेस्ट अफ अफ टाइट’ (गोट) हुन् ? डिएगो म्याराडोना कि पेले भन्ने बहसपछि फुटबलमा यो सबैभन्दा ठूलो बहस बनेको छ ।
पछिल्लो दशकमा फुटबल समर्थकहरुको दिमागमा पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेसीमध्ये को उत्कृष्ट भन्ने प्रश्न चलिरहेको छ ।
क्लब र देशका लागि गरेको प्रर्शन यस विषयमा निर्णायक हुनेछ । यस्तै व्यक्तिगतले पनि खेलाडी कस्तो भनेर देखाउँछ ।
रोनाल्डो भर्सेस मेसी : क्लब गोल
रोनाल्डो |
सिजन |
मेसी |
५ |
२००२-०३ |
– |
६ |
२००३-०४ |
– |
९ |
२००४-०५ |
१ |
१२ |
२००५-०६ |
८ |
२३ |
२००६-०७ |
१७ |
४२ |
२००६-०८ |
१६ |
२६ |
२००८-०९ |
३८ |
३३ |
२००९-१० |
४७ |
५३ |
२०१०-११ |
५३ |
६० |
२०११-१२ |
७३ |
५५ |
२०१२-१३ |
६० |
५१ |
२०१३-१४ |
४१ |
६१ |
२०१४-१५ |
५८ |
५१ |
२०१५-१६ |
४१ |
४२ |
२०१६-१७ |
५४ |
४४ |
२०१७-१८ |
४५ |
२८ |
२०१८-१९ |
५१ |
३७ |
२०१९-२० |
३१ |
३६ |
२०२०-२१ |
३८ |
६७४ |
जम्मा |
६७२ |
क्लब स्तरमा मेसीले भन्दा रोनाल्डोले बढी गोल गरेका छन् । तर युभेन्ट्स स्टार रोनाल्डोले मेसी भन्दा दुई सिजन बढी फुटबल खेलेका छन् ।
दुवै खेलाडीले क्लबमा ६७० गोल भन्दा बढी गरिसकेका छन् । दुवैले २००९-१० देखि २०१४-१५ सम्म राम्रो प्रदर्शन गरे ।
समग्रमा रोनाल्डोको गोल बढी भएपनि स्कोरिङमा मेसीको औसत बढी छ । मेसीले २०११-१२ मा ७३ गोल गरेका थिए । रोनाल्डोले एकै सिजनमा ६१ गोलसम्म गरेका छन् । रोनाल्डोले ६ सिजन ५० गोल पूरा गरेका थिए ।
रोनाल्डो भर्सेस मेसी : क्लब असिस्ट
रोनाल्डो |
सिजन |
मेसी |
७ |
२००९-१० |
११ |
१६ |
२०१०-११ |
२१ |
१५ |
२०११-१२ |
२९ |
१२ |
२०१२-१३ |
१४ |
१४ |
२०१३-१४ |
११ |
२१ |
२०१४-१५ |
२७ |
१५ |
२०१५-१६ |
२३ |
११ |
२०१६-१७ |
१६ |
८ |
२०१७-१८ |
१८ |
१० |
२०१८-१९ |
१९ |
५ |
२०१९-२० |
२५ |
५ |
२०२०-२१ |
१२ |
१३९ |
जम्मा |
२२६ |
असिस्टको कुरा गर्दा मेसी रोनाल्डो भन्दा धेरै अघि छन् । तथ्याङ्कले पनि देखाउँछ कि मेसीले गोलका लागि बढी अवसर बनाएका छन् । मेसीले कूल २२६ गोलका लागि असिस्ट गर्दा रोनाल्डोले १३९ असिस्ट गरेका छन् ।
रोनाल्डो भर्सेस मेसी : च्याम्पियन्स लिग तथ्याङ्क
रोनाल्डो |
च्याम्पियन्स लिग तथ्याङ्क |
मेसी |
१७६ |
खेल |
१४९ |
१३४ |
गोल |
१२० |
०.७६ |
गोल पर गेम |
०.८१ |
रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता हुन् भने मेसी दोस्रो स्थानमा छन् । रोनाल्डोले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
च्याम्पियन्स लिग गोलमा रोनाल्डो १४ गोलले अघि छन् तर मेसीले थोरै खेल खेलेका छन् । गोल अनुपातमा पनि मेसी अघि छन् ।
रोनाल्डो भर्सेस मेसी : विश्वकप तथ्याङ्क
रोनाल्डो |
विश्वकप तथ्याङ्क |
मेसी |
१७ |
खेल |
१९ |
७ |
गोल |
६ |
०.४ |
गोल पर गेम |
०.३ |
विश्वकप फुटबलमा भने यी दुबै खेलाडीले आशा गरेअनुसार प्रदर्शन गर्न सकेका छैनन् । दुवैले अहिलेसम्म विश्वकप उपाधि जितेका छैनन् ।
पोर्चुगलका स्टार रोनाल्डोले विश्वकपमा मेसी भन्दा एक गोल बढी गरेका छन् । रोनाल्डोले १७ खेलमा ७ गोल गर्दा मेसीले १९ खेलमा ६ गोल गरेका छन् ।
तर मेसीको देश अर्जेन्टिना सन् २०१४ को विश्वकप फाइनल पुगेका थिए । तर फाइनलमा जर्मनीसंग पराजित हुँदै उपविजेतामा सीमित भयो ।
रोनाल्डोको देश पोर्चुगल भने सन् २००६ मा विश्वकपको सेमिफाइनलसम्म पुगेका थिए । जहाँ फ्रान्संग पराजित हुँदा तेस्रो स्थानको लागि भएको खेलमा जर्मनीसंग पराजित भएको थियो ।
रोनाल्डो भर्सेस मेसी : अन्तर्राष्ट्रिय तथ्याङ्क
रोनाल्डो |
तथ्याङ्क |
मेसी |
१७९ |
अन्तर्राष्ट्रिय खेल |
१५१ |
१०९ |
अन्तर्राष्ट्रिय गोल |
७६ |
०.६ |
गोल पर गेम |
०.५ |
अन्तर्राष्ट्रिय स्तरमा दुवैको उस्तै कीर्तिमान छ । तर रोनाल्डोले संख्यामा भने बढी गोल गरेका छन् । रोनाल्डोले मेसी भन्दा दुई वर्षअघि पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।
रोनाल्डोले केही दिनअघि सकिएको युरो २०२० मा ५ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाईको कीर्तिमान बराबरी गरेका थिए ।
कुल अन्तर्राष्ट्रिय गोलमा रोनाल्डो भन्दा मेसी ३३ गोलले पछि छन् ।
दुवै खेलाडी आफ्नो देशका सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले १०९ गोल गर्दा मेसीले ७६ गोल गरेका छन् ।
रोनाल्डो भर्सेस मेसी : उपाधि
रोनाल्डो |
प्रतियोगिता |
मेसी |
० |
विश्वकप |
० |
१ |
युरो/कोपा |
१ |
० |
ओलम्पिक |
१ |
७ |
लिग उपाधि |
१० |
५ |
च्याम्पियन्स लिग |
४ |
४ |
क्लब विश्वकप |
३ |
४ |
नेशनल कप* |
७ |
२१ |
कुल |
२६ |
*राष्ट्रिय कप भन्नाले देशको राष्ट्रिय कपहरु जस्तै एफए कप कोपा डेल रे हुन् ।
मेसी र रोनाल्डोले ट्रफी उत्तिकै जितेका छन् । लिग उपाधिको कुरा गर्दा मेसी अघि छन् । मेसीले १० पटक ला लिगा उपाधि जितेका छन् । रोनाल्डोले ७ लिग जितेका छन् । तर रोनाल्डोले तीन फरक देशमा लिग जितेका छन् । जसले रोनाल्डोले उत्कृष्ट देखाउँछ ।
यस्तै च्याम्पियन लिगमा रोनाल्डो अघि छन् । रोनाल्डोले ५ च्याम्पियन्स लिग जित्दा मेसीले ४ च्याम्पियन्स लिग जितेका छन् ।
मेसीले राष्ट्रिय टिमका लागि चार फाइनल खेल्दा समेत उपाधि जित्न सकेका थिएनन् । तर यस पटक कोपा अमेरिकाको उपाधि जित्न सफल भए । दुवैले विश्वकप जित्न सकेका छैनन् ।
मेसीले एक पटक ओलम्पिक स्वर्ण पदक जितेका छन् ।
रोनाल्डो भर्सेस मेसी : व्यक्तिगत
रोनाल्डो |
प्रतियोगिता |
मेसी |
५ |
बालोन डे’ओर |
६ |
२ |
दी बेस्ट फिफा अवार्ड |
१ |
४ |
युरोपियन गोल्डेन बुट |
६ |
० |
विश्वकप गोल्डेन बल |
१ |
४ |
युइएफए प्लेअफ अफ दि इअर |
३ |
१४ |
फिफप्रो विश्व ११ |
१४ |
४ |
प्लेअफ अफ दि इअर (लिग) |
६ |
रोनाल्डो र मेसीबीचको व्यक्तिगत प्रतिस्पर्धा भने गज्जबको छ । यसैले आधुनिक फुटबलमा पछिल्लो दशक र अझ बढी निर्णायक बनिरहेको छ ।
बालोन डे’ओरमा मेसी रोनाल्डो भन्दा अघि छन् । मेसीले ६ बालोन डे ओर जित्दा रोनाल्डोले ५ पटक जितेका छन् ।
दी फिफा बेस्ट अवार्ड भने रोनाल्डोले दुई पटक जित्दा मेसीले १ पटक जितेका छन् ।
यस्तै युइएफए प्लेअर अफ दि इअरमा पनि रोनाल्डो अघि छन् । रोनाल्डोले ४ अवार्ड जित्दा मेसीले ३ पटक जितेका छन् ।
तर लिगमा भने मेसीले रोनाल्डोले भन्दा २ पटक बढी अवार्ड जितेका छन् । मेसीले ६ र रोनाल्डोले ४ लिग अवार्ड जितेका छन् । तर रोनाल्डोले यो अवार्ड पनि तीनवटै देशमा जितेका छन् ।
युरोपियन गोल्डेन बुट अवार्डमा मेसी अघि छन् । मेसीले ६ पटक युरोपियन गोलडेन बुट जित्दा रोनाल्डोले ४ पटक जितेका छन् । फिफ प्रो मा भने दुवै १४ पटक समावेश भएका छन् ।
मेसीले विश्वकपमा पनि एक पटक गोल्डेन बल अवार्ड जितेका छन् ।
गोल डट कमको सहयोगमा