बिहिबार , बैसाख १३, २०८१

एजेन्सी।

बलिउडका द्वय कलाकारहरु दिशा पाटनी र टाइगर श्राफविरुद्ध बिहीबार मुम्बई प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरुमाथि लकडाउनको नियम उल्लघंन गरेको आरोप लागेको छ । यस्तो समयमा पनि दिशाको आकर्षक तस्वीरले सामाजिक सञ्जालमा तहल्का पिटेको छ ।

दिशाले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेको तस्वीरमा उनी पानीमा मस्ती गरेको देखिएकोे छ । बिकिनी लगाएकी दिशाले सुर्यास्तको नजिक पानीमा कपाल लहराएकी छिन् । उक्त आकर्षक फोटो राख्दै दिशाले पुरानो तस्वीर भएको उल्लेख गरेकी छिन् ।

सधै सामाजिक सञ्जालमा सक्रिय रहेको दिशा पाटनीले बोल्ड तस्वीर शेयर गर्दै आफ्ना फ्यानहरुलाई खुशी बनाउदै आएकी छिन् । दिशा पछिल्लो समयमा फिल्म राधेमा सलमानसँग रोमान्स गरेकी थिइन् ।

बलिउड अभिनेता टाइगर श्राफलाई आफ्नी प्रेमिका तथा अभिनेत्री दिशा पाटनीसँग घुम्दा निकै अफ्यारो परेको छ । भारतीय समाचार अनुसार टाइगर र दिशा पाटनीविरुद्ध लकडाउनको नियम उल्लघन गरेको आरोपमा प्रहरीले मुद्दा दायर भएको हो । उनीहरुमाथि कोरोना गाइडलाइनको उल्लघंन गरेको आरोप लागेको छ ।

एजेन्सीको अनुसार टाइगर र दिशा बैंडस्टैडंको नजिक कारमा घुमिरहदा प्रहरीले कार रोकेर यात्रा गर्नुको कारण सोध्दा चित्त बुझ्दो जवाफ नदिएपछि उनीहरु विरुद्ध मुदा दायर भएको हो ।
भारतको महाराष्ट्र सरकारले राज्यमा मिनी लकडाउन १५ जुनसम्म थप गरेको छ । मुम्बई प्रहरीले बान्द्राको गल्लीमा कारमा सवार दुई कलाकारमाथि मुद्दा दर्ता भएको भन्दै टाइगरको नाम उल्लेख नगरी उनको फिल्मको नाम लेखेर मुद्दा दायर भएको जानकारी दिएको हो ।

प्रहरीको अनुसार कारको पहिलो सिटमा दिशा बसेकी थिइन् भने दोस्रो सिटमा टाइगर बसेका थिए । प्रहरीले उनीहरुको आइडी कार्ड चेक गरेर अगाडी बढ्न दिएपनि यात्रा गर्नुको कारण स्पष्ट नभएपछि कारबाही अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय