बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

नेकपा (एमाले) बाट निश्काषित नेतृ रामकुमारी झाँक्रीले आफूलाई गरिएको निश्काषनले कुनै प्रभाव नपारेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले केपी शर्मा ओली पार्टी अध्यक्ष भएर प्रधानमन्त्रीसम्म भएको अवस्थामा गद्दारी र घात गरेको आरोप लगाएकी छिन् । उनले आफूहरु ओलीको प्रवृत्तिविरुद्ध अन्तिम दम रहुञ्जेलसम्म लड्ने बताईन् ।

सकेसम्म एमालेभित्रै रहेर संघर्ष गर्ने आफूहरुको योजना रहेको उनको भनाई छ । उनले अब एमालेभित्र एकताको लागि आफूहरुले पनि शर्त राखेको सुनाईन् ।

संसद् विघटन गरेको कुरा गलत भयो भनेर सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले भन्नुपर्ने उनको भनाई छ । उनले बरु हात काट्न तयार हुने तर केपी ओलीको अपराधकर्ममा सहीछाप नगर्ने स्पष्ट पारेकी छिन् ।

उनले केपी शर्मा ओली पार्टी अध्यक्ष भएर प्रधानमन्त्रीसम्म भएको अवस्थामा गद्दारी र घात गरेको आरोप लगाएकी छिन् । उनले आफूहरु ओलीको प्रवृत्तिविरुद्ध अन्तिम दम रहुञ्जेलसम्म लड्ने बताईन् ।

सकेसम्म एमालेभित्रै रहेर संघर्ष गर्ने आफूहरुको योजना रहेको उनको भनाई छ । उनले अब एमालेभित्र एकताको लागि आफूहरुले पनि शर्त राखेको सुनाईन् ।

संसद् विघटन गरेको कुरा गलत भयो भनेर सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले भन्नुपर्ने उनको भनाई छ । उनले बरु हात काट्न तयार हुने तर केपी ओलीको अपराधकर्ममा सहीछाप नगर्ने स्पष्ट पारेकी छिन् । रिपाटर्स नेपालवाट हेरौं कुराकानीको पूरा भिडिओ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय