बिहिबार , मंग्सिर २१, २०८०

“विराटनगर : प्रदेश १ की प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको कारको ठ क्क रबाट विराटनगरमा बिहीबार साँझ एक जनाको मृ’त्यु भएको छ। कारले ठ’क्कर दिँदा भएको दु’र्घटनामा परेर अर्का एक जना ग’म्भीर घा’इते भएका छन्। विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार साँझ ७ : ३५ बजेतिर दुई जना पैदल यात्रीलाई एकै पटक ठ’क्कर दिएको प्रहरीले जनाएको छ।’

‘दु’र्घटनामा भा’रतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृ’त्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले कारको ठ क्क रबाट ग’म्भीर घा’इते भएका शर्मालाई उपचारका लागि कोसी अस्पताल पुरयाएपछि चिकित्सकले मृ’त घोषित गरेको जानकारी दिए।’

‘दुर्घटनामा मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घा’इते भएका छन्। उनको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दु’र्घटना गराउने कार प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रयोग गर्दै आएको खुलेको छ। छोरा रविनलाई चलाउनका लागि दिएका बेला कार दु’र्घटना गरेको पाइएको प्रहरी स्रोतले बतायो।’

‘दुर्घटनामा परेर मृ’त्यु र घा’इते हुने दुवै पुरुष विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन्।’प्रहरीका अनुसार उनीहरु उद्योगबाट काम गरेर फर्कँदै गर्दा दु’र्घटनामा परेका हुन्। दु र्घटना लगत्तै कार चालक रविन फ रार बनेका छन्। प्रहरीले भने चालकको पहिचान हुन नसकेको र फ रार रहेका कारण खोजी तीव्र पारिएको जनाएको छ।’

‘डीएसपी राईले सांसद विन्दियाका छोरा रविनले चलाएका बेला कार दु’र्घटनामा परेको सूचना आएको भए पनि यकिन हुन बाँकी रहेको जानकारी दिए। ‘दु’र्घटनाको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरी सुरुमा घा’इतेको उ द्धार र उपचारमा केन्द्रित हुनुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि दु’र्घटना गराउनेको खोजी थालिए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन। पहिचान पनि खुलेको छैन।’

‘स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा अरु दुई युवती पनि सवार थिए। दु’र्घटना लगत्तै तीनै जना कारबाट निस्किएर फरार भएको प्रत्यक्षदर्शीको भनाइ छ। ‘दु’र्घटना भएपछि हामी भेला भएर घा’इतेको उ द्धारमा व्यस्त भयौँ,’ एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवा र दुई युवती कार घटनास्थलमै छाडेर फरार भएछन्।’ कारमा रहेका तीनै जनाले मा द क पदार्थ से वन (मा प से) गरेजस्तो देखिने उनको भनाइ छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय