काठमाडौं ।

कोरोना संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह अहिले निर्मलनिवासमा हुनुहुन्छ । उहाँहरु केरोना संक्रमणबाट मुक्त भइसक्नुएको छ ।

पूर्वराजा ज्ञानेन्द्रसहित तीनै जनालाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको पनि अस्पतालले जनाएको थियो । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र दम्पती भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर वैशाख ५ गते नेपाल फर्किएका थिए । ज्ञानेन्द्र उत्तराखण्डको हरिद्वारमा भएको शाही स्नानमा सहभागी भएका थिए ।

हरिद्वारको कुम्भ मेलामा सहभागी भएका सयौंलाई यसअघि नै कोरोना पुष्टि भएको छ । शुक्रबार मात्रै कुम्भ मेलाबाट फर्किएका पाल्पाका १० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्थाका बोरमा जानकारी दिदैँ पुर्वराजाले भन्नुभयो, ‘ हाम्रो स्वास्थ्यबारे चिन्ता चासोका साथ शुभकामना दिनुहुने देश भित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानविय कार्य गर्ने अंग्रपंक्ति स्वास्थ्य कर्मि, सुरक्षाकर्मि, सफाई कर्मि तथा सामाजिक कार्यकर्ताहरुमा हामी अन्तरआत्मादेखि धन्यवाद दिन चाहान्छौँ ।

अहिले हामी दुवै पूर्ण स्वास्थ्यलाभको क्रममा छौँ । तर देशभित्र र बाहिर महामारीको अवस्थाप्रति चिन्तित छौँ । महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रणकालागि हाम्रो आफ्नै संकल्प बाहिरी सहयोगको आवश्यक पर्दछ । प्राप्त अन्तर्राष्ट्रिउ सहयोगकालागि पनि धन्यवादन दिन चाहान्छौँ । म तपाईँहरु सबै सँग सुरक्षित सावधान तथा स्वास्थ रहन आग्रह गर्दछु ।

उपचारकाक्रममा रहनु भएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्य लाभसँगै यो माहामारीस्मा जिवन गुमाउनेहरुको चिर शान्तिको कामना गर्दछु । श्री पशुपतिनाथले ती सबै परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् धन्यवाद । ’शान्तिवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय