काठमाडौं ।

सिन्धुलीको फिक्कल गाउँपालिकामा एक प्रहरीले वाईपाईको पासवर्ड नपाएपछि ताण्डव देखाएका छन् । जिल्लाको फिक्कल गाउँपालिका –५ सोल्पाठानामा रहेको रात्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सायक निरीक्षक(असई) ईश्वरी प्रसाद आचार्यले पासवार्ड नपाएपछि कोतपर्व हुने भन्दै चतावनि दिएर हिँडिरहेका छन् ।

वडा कार्यालयको वाईफाइको पासवर्ड नदिएको भन्दै जनप्रतिनिधि तथा सर्वसाधारणलाई कोतपर्व घटाउँछु भनेर धम्की दिँदै खुलेआम हिँडेका छन् ।

असई आचार्यले केहि समयअघि फिक्कल गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं–५ का वडा अध्यक्ष राजु बराललाई समेत धम्की दिएका थिए ।

शान्ति सुरक्षा दिने अधिकारीले नै सामाजिक सद्भाव खलल पार्ने गतिविधि गरेपछि सर्वसाधरण आतंकित बनेका छन् । असई आचार्यले जनप्रतिनिधि र सरकारको कुरा काट्ने र जनतालाई आतंकित बनाउने क्रियाकलाप गरेको वडा अध्यक्ष राजु बरालेले जानकारी दिए ।

उनले भने, ‘अराजक गतिविधिले गर्दा हामीले वडा कार्यालयको वाई फाई को पासवर्ड बन्द गरेका थियौँ । तर उनले अनुरोध गरेर माग्नुको साटो हामी माथि नै कोतपर्व घटाउने धम्की दिएको देख्दा मलाई अचम्म लाग्यो ।’ आचार्यको अराजक गतिविधिले स्थानीय व्यापारी समेत आजित बनेको बरालले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मनोज कुमार लामा उक्त घटना बारेमा भर्खरै जानकारी प्राप्त गरेको सिन्धुली दर्पणलाई बताए । डिएसपी लामाले, भने ‘हामी अहिले अनुसन्धानमा लागेका छौँ । आचार्य दोषी देखिएमा उनलाई तत्काल कारबाही गर्छौँ ।’ शान्तिवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय