बुधबार , बैसाख १२, २०८१

“हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ नवलपुरमा बिहिवार(आज) विहान ४ बजेर ५५ मिनेटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ३ गम्भिर घाइते भएका छन् । चितवनबाट हेटौंडा आउदै गरेको प्रदेश ०१-००२५ च ३६३८ नम्बरको एम्बुलेन्स सोहि दिशातर्फ आइरहेको ना ६ ख ४३८० नम्बरको ट्रकको पछाडि ठ क्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्‍वर रिमालले बताए ।”

“दुर्घटनामा सर्लाहिको वागमति ४ का वर्ष ६६ को जित वहादुर थिङको मृत्यु भएको हो । थिङको कोरोना संक्रमण भएसंगै चितवनमा १६ दिन अगि उपचारको लागि लगिएको र कोरोना जितसंगै घर फर्कदा एम्बुलेन्स दुर्घटनामा उनको मृत्यु भएको रिमालले बताए ।”

“दुर्घटनामा एम्बुलेन्स चालक चितवन जिल्ला भरतपुर महानगरपालिका २८ का वर्ष २७ को मनोज कुमार घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटना हुनुमा चालक निदाएको हुन सक्ने देखिएको प्रहरीले बताएको छ ।”

“त्यस्तै घाइते हुने सर्लाहिको वागमति ४ का बर्ष ३८ को नेमा थिङ र सोहि स्थानका वर्ष ४८ को पुर्ण बहादुर थिङको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्‍वर रिमालले बताए । उनीहरु सबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।”

“त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । बुधबार साँझ ६ बजेको समयमा दुर्घटना हुँदा ना ५ ख १८६४ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।”

“चालकको हेटौंडास्थित सञ्चो हस्पिटलमा र सहचालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता रिमालका अनुसार मृतक अन्दाजी ३० देखि ३५ बर्षका चालक र २५ देखि ३० बर्षका सहचालकको सनाखत हुन सकेको छैन ।”

“बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रक अनियन्त्रित भई अगाडि गुडिरहेको ना ५ ख ५९६३ नम्बरको ट्रकलाई ठ क्कर दिएर प ल्टि एको प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभएको छ । ना ५ ख ५९६३ नम्बरको ट्रकका चालक ५० बर्षीय ध्रुब चौधरी र २० बर्षीय सहचालक विकेश चौधरी घाइते भएका छन् । घाइते दुवैजनाको हेटौंडास्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ ।” मेचीमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय