शनिबार , मंग्सिर १६, २०८०

काठमाडौं ।

लोकप्रिय राजा वीरेन्द्रका नातिनी गिर्वाणी र सुरंगनालाई धेरैले खोजिरहेका छन् तर उनीहरु अहिलेसम्म औपचारिकरुपमा सञ्चारमाध्यममा सार्वजनिक भएका छैनन् ।

सञ्चारमाध्यममा मात्रै होइन औपचारिक कार्यक्रममा समेत कमै मात्रै देखिने गरेका छन् उनीहरु । “सामाजिक सञ्जाल र सर्च इन्जिनमा, समेत उनीहरुको गतिविधि पाउन मुस्किल छ “।

“उनीहरु कहाँ के गरिरहेका छन् भन्ने विषयमा पारिवारका अत्यन्त नजिकका आफन्त बाहेक अरु कसैलाई थाहा छैन । जसलाई उनीहरुका बारेमा थाहा छ, उनीहरु यस विषयमा बोल्न चाहदैनन् ।

पूर्व युवराज पारस शाहका छोराछोरीहरु सामाजिक सञ्जालमा भाइरल भईरहँदा गिर्वाणी र सुरंगना भने कुन दुनियाँमा छन् धेरैलाई थाहै छैन ।

“गिर्वाणी र सुरंगनाले ललितपुरको लगनखेलस्थित सेन्ट मेरिज स्कुलमा प्राइमरी तहको अध्ययन गरेका हुन् । त्यसपछि पिता गोरख शमशेर राणाले उनीहरुलाई थप अध्ययनका लागि छिमेकी मुलुक भारत लगेका थिए । उनीहरुलाई देहरादुनस्थित वेलह्याम्पस स्कुल भर्ना गरिदिएका थिए ।

“गिर्वाणीले सोही स्कुलबाट गृह विज्ञानमा प्लस टु उत्तिर्ण गरेको बताइन्छ भने सुरंगनाले पनि सोही स्कुलबाट प्सल टु उत्तिर्ण गरिसकेकी छिन् । स्रोतका अनुसार गिर्वाणी र सुरंगना अहिले उच्च शिक्षाका लागि बैङ्लोरमा छन् । मेचीमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय