शुक्रबार , बैसाख ७, २०८१

अशोक खनाल / असार २४, अर्घाखाँची

स्वास्थ निर्देशनालय प्रदेश न. ५ को आयोजना र जिल्ला आर्युबेद स्वास्थ केन्द्र अर्घाखाँचीको समन्वयमा जिल्लाको छ्त्रदेब गाउँपालिकाको वडा न. २ बल्कोट मा एक दिने निशुल्क विशेषज्ञ आर्युबेद स्वास्थ शिबिर सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल को प्रमुख आथित्यतामा सम्पन्न शिबिर मा गाउँपालिका कि उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ प्रमुख प्रशाकिय अधिकृत खिमान्द भुसाल विशेषज्ञ चिकित्सक हरु आर्युबेद बिभाग का पुर्ब महानिर्देशक डा.देबकला भन्डारी ,प्रादेशिक चिकित्सालय दाङ का निर्देशक डा.रामकामेस्वर ठाकुर ,स्वास्थ निर्देशनालयका कन्सल्टेस बिज्ञ डा.बुद्धि प्रसाद पौडेल , सेबा निबृत बरिस्ठ चिकित्सक डा. रेवती रमण पौडेल आर्युबेद केन्द्र अर्घाखाँचीका प्रमुख डा.अर्जुन राज शर्मा लगायत को उपस्थितिमा शिबिर सन्चालन गरिएको थियो।

५ जना विशेषज्ञ डाक्टर हरु बाट निशुल्क स्वास्थ परिक्षण गरिएको शिबिरमा करिब ६०० जना भन्दा बढी ले स्वास्थ परिक्षण गराएका थिए उक्त शिबिरमा ग्यास्टिक,स्वासप्रस्वास ,पाइल्स, मधुमेह ,नाककान घाँटी जस्ता रोग हरुको निशुल्क परिक्षण तथा निशुल्क आर्युबेदिक औषधि बितरण गरिएको थियोे यो शिबिर सन्चालन बाट स्थानीय हरु निकै नै उत्साहित भएको स्थानीय वडा अध्यक्ष राजेश कुमार पन्थी ले बताएका छन।

प्रदेश स्वास्थ सेवा निर्देशनालय बुटवलका कन्सल्टेन्स आर्युबेद बिज्ञ डा.बुद्धि प्रसाद पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रम को स्वागत मन्तव्य जिल्ला आर्युबेद केन्द्र अर्घाखाँची का प्रमुख डा. अर्जुन राज शर्मा र सन्चालन जिल्ला आर्युबेद केन्द्र सन्धीखर्क का कबिराज कमल आचार्य ले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय