शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं

पछिल्लो समय नेपाली नायिकाहरूको पनि पारिश्रमिकको चर्चा हुने गरेको छ । यसैक्रममा हामीले केहि नायिकाहरूको पारिश्रमिकबारे चर्चा गरेका छाैँ ।

पुजा शर्माः नायिका पुजा शर्माले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेकी थिइन् ।यस चलचित्रको सफलता पछि उनका चलचित्र ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत ब्याक टु ब्याक सुपर हिट भएका छन् । पुजाले चलचित्र ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रमिक लिएको चर्चा चलेको थियो ।

स्वस्तिमा खड्काः पछिल्लो समय म्युजिक भिडियोबाट चर्चामा आएकी नायिका स्वस्तिमा खड्का । उनका गीत एक पछि अर्को सुपर हिट भएका छन् ।उनीले अभिनय गरेका चलचित्रमा ‘छक्क पन्जा २’, ‘नाई नभन्नु ल ५, ‘जय भोले’, ‘बुलबुल’ लगायतका चलचित्र सुपरहिट छन् । स्रोतका अनुसार उनले १०- १२ लाख पारिश्रमिक लिन थालेकी छिन् ।

प्रियंका कार्कीः पछिलो समय नै चर्चामा आएकी नायिका हुन् प्रियंका । उनले अभिनय गरेका चलचित्र ‘नाइँ नभनु ल २’, ‘नाइँ नभनु ल ५’, ‘छक्क पन्जा’, ‘छक्क पन्जा २’, ‘छक्का पन्जा ३’, ‘ह्याप्पी डेज’, ‘कोहलपुर एक्सप्रेस ‘कथा काठमाण्डु’, ‘चंगाचेट’ लगायतका चलचित्र सुपर हिट भएका छन् ।

स्रोतकाअनुसार उनले प्रति फिल्म ९- १० लाख पारिश्रमिक लिइरहेकी छन् । तर पछिल्लो समय भने मुख्य भूमिकामा उनको डिमान्ड कम हुदै गएको छ ।

नम्रता श्रेष्ठः नम्रताले अभिनय गरेका नेपाली चलचित्र ‘सानो संसार’, ‘प्रसाद’ लगायत एक पछि अर्को चलचित्र सुपर हिट भएका छन् । उनले चलचित्र ‘प्रसाद’मा १५ लाख पारिश्रमिक लिएकी थिइन् ।

सम्रागी राज्यलक्ष्मी शाहः चलचित्र ‘ड्रिम्स’ बाट चर्चामा आएकी नायिका हुन् – सम्रागी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेका चलचित्र ‘ए मेरो हजुर २’, ‘तिमी सँग’, ‘कायर’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्र सुपर हिट भएका छन् ।सम्रागीले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा १५-१६ लाख पारिश्रमिक लिएकी छिन् । रिपोटर्स नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय