काठमाडौं ।
को’भिड -१९ महामा’रीको दोस्रो लहर संगै नेपाल यतिबेला आ’क्रान्त अ’वस्थामा छ ।अस्पताल,अक्सिजन,बेड,आई.सि.यु,भेन्टिलेटरहरूको अभावले धेरै मानिसहरूको ज्या’न गईरहेको छ भने क’हिले सम्म यो क्रम रहने हो र अझै कतिले अकालमा ज्यान गुमाउनुपर्ने हो कुनै टुंगो छैन ! अधिकांस अ’स्पतालहरूले अक्सिजन समेत नभएको र थप बिरामि भर्ना गर्न,उपचार गर्न सक्दैनौं भ’नि जानकारी गराएका छन् !संक्रमणले छोएकाहरू एकदमै अतालिएको अवस्थामा छन् भने हामी अहिले सम्म संक्रमणले नछोएकाहरू कुन बेला छुने हो ? र त्यसपछि के हुने हो भनि चि’न्तित छौं !ईति’हासको कालखण्डमै नेपाल आज अत्यन्तै कठिन र दु:खद् अ’वस्थाबाट गु’ज्रिरहेको छ ।
एक हिसाबले वातावरण कोलाहालमय र आतंकित अवस्था छ । देश यस्तो अवस्थामा रहदा एकढिक्का भएर समस्या समाधान गर्न र जनताको घाउमा मल्हम लगाउन अहोरात्र खटिनुपर्ने उमेरले औसत नेपालीको बॅाच्ने उमेर पार गरिसकेका (करिब करिब अधिकांस)हाम्रा राजनैतिक नेतृत्वहरू सत्ताको लुछाचुडिमा र भ्रष्टाचारमा नै केन्द्रित हुनुले बिश्वसामु हामीलाई लज्जित बनाएको छ,आक्रोसित बनाएको छ ! यस कठिन घडिमा कोभिड १९ को कारण ज्यान गुमाउनु भएका संपूर्णलाई भावपूर्ण श्रद्वान्जली व्यक्त गर्दछु ! कोभिड १९ बाट संक्रमित सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ! साथै धैर्यतापूर्वक कोभिड १९ संग लड्न र परास्त गर्न संपूर्ण नेपालीहरूमा म बिनंम्र अनुरोध गर्दछु !
१)सर्वप्रथम आफ्नो जिउ ज्यानको पर्बाह नगरी सच्चा परमात्माको प्रतिनिधिको स्वरूपमा जनताको सेवामा खटिनुभएका संपूर्ण स्वास्थ्यकर्मीज्यूहरू (डाक्टर,नर्स,एच.ए.,सि.एम.ए,फर्मासिस्ट लगायत स्वास्थ्यसंग संम्बन्धित सबै),सुरक्षाकर्मीज्यूहरू (नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी,ट्राफिक प्रहरी लगायत),शव व्यवस्थापन र दाहसंस्कारमा खटिनुहुने सैनिक लगायत संपूर्ण फ्रन्टलाईनरहरू मा हृदयको अन्तस्करणदेखि नै अभिन्नदन र सलाम गर्दछु !२)एन.सि.सि.क्याडेटहरू,स्काउट,रेडक्रस ,एम्बुलेन्सका चालकहरू,अस्पतालको सेकुरेटि गार्ड देखि सफाई कर्मचारीहरू ,सामाजिक संघ संस्थाहरू,अक्सिजन को व्यवस्था गर्ने/खाना खुवाउने/अस्पताल पुर्याउने लगायतका कार्यमा अहोरात्र खटिनु भएका सामाजिक अगुवा अभियान्ताहरू र सहयोग गर्नुहुने दाताहरू संपूर्णमा हार्दिक धन्यवाद र नमन गर्दछु !
३)बांचियो भने जे जे गर्नुछ गरौंला सबैभन्दा पहिला सुरक्षित रहन सबैजना घरमै बसौं ! अत्यावश्यक काम बाहेक कोहि बाहिर ननिस्कौं,निस्कनै परे अनिवार्य रूपमा भौतिक दुरि,माक्स,सेनिटाईजर प्रयोग गरौं !४)मिठो मसिनो पछि खाउॅंला अहिलेलाई बाचिने गरौं,दिन दिनै सपिंगमा ननिस्कौं !अलिक समयलाई पुग्ने दा’ल,चामल,गेडागुडि तरकारी खाजाहरूको जोहो गरौं ,कसैलाई केहि समस्या भएमा छर छिमेक साथीहरूले सहयोग गरौं !सरकार एवं संबन्धित निकायलाई मेरो अनुरोध ! मेची महाकालीवाट