शनिबार , मंग्सिर १६, २०८०

काठमाडौं ।

४ बर्षको उमेरमा चर्चित बनेकी तेरिया मगर अहिले १८ बर्षकी भैइन । डान्स रियालेटी शोबाट चर्चामा आएकी तेरियाको घर रुपन्देहीको रुद्रपुर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता ‘डान्स इन्डिया डान्समा’ पहिलो स्थान हासिल गरेपछी विश्वसामु चिनिन सफल भईन । तेरिया अहिले मुम्बईमा बस्दै आएकी छिन् उनी मुम्बईमा भएपनी नेपाली भएको कारण नेपालबाट ठूलो माया दिइन्छ । १८ वर्ष पुगेकी तेरिया उमेर बढेसँगै झनै सुन्दर हुँदै गएकी छिन् । उतिबेलाकी फुच्ची तेरिया अहिले जवान र निकै हट भएकी छिन् ।-”

“डान्स ईन्डिया डान्सको बिजेता बनिसकेकी तेरिया भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम ‘झलक दिखला जा ९’ को पनि विजेता बनिन् । त्यसपछी त झनै उनको चर्चा चुलियो । झलक दिखला जामा सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो । सलमान युसुफ खान र सान्तनु महेश्वरिलाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी थिईन ।”

“भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चामा आएकी नेपाली डान्सर तेरिया मगर त्यतिबेला मात्रै १४ वर्षकि थिईन । सानै उमेरमा उनले देखाएको प्रतिभाका कारण अहिले पनि धेरैले मन पराउने गर्छन् । भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी भएर आफ्नो प्रस्तुति दिईसकेकी तेरिया देश तथा बिदेशमा कार्यक्रमकै लागि हिडिरहन्छिन ।”

“रुपन्देही जिल्लाको रुद्रपुर, सुनगाभाचोककी १८ वर्षकी तेरियाको आमाको नाम अस्मिता फौजा मगर र बाबा बिजय फौज मगर हो । उनलाई धेरैले तेरिया भनेर चिनेपनि पूरा नाम भने तेरिया फौजा मगर हो । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखलाजा’ दमदार डान्स गरेर प्रतिभा देखाएकी तेरिया पछिल्लो समय गायन क्षेत्रमा पनि सक्रिय हुन थालेकी छिन् । र गायनमा पनि आफिलाई अब्बल गायिकाको रुपमा चिनाउदै लगेकी छिन ।”

“बेला बेलामा टिकटकमा आफ्नो गायन प्रतिभालाई प्रस्तुत गर्दै आइरहेकी टेरियाले पहिलोपटक कभर गीतमा आफ्नो सुरिलो आवाज दिएकी थिईन । पहिलोपटक ‘तिम्रो मायाले बाँधेर राख’ गीतको कभर गीत गाएपछि उनले राम्रो तारिफ पाईन । अब्बल नृत्यले सबैको मन जित्न सफल तेरिया सामाजिक संजालमा निकै सकृय रहन्छन् ।”

“तेरिया विभिन्न पोजमा लिगेका तस्बिरहरु सार्बजनिक गरिरहन्छिन । पढाईलाई निरन्तरता दिईरहेकी तेरियाले स्टेज पर्फमेन्सका साथै विभिन्न बिज्ञापनहरुमा खेलेर लाखौ कमाईरहेकी छिन् । सानैदेखी नृत्यमा अब्बल रहेकी तेरियालाई हजुरबुबा निकै ठुलो साथ मिल्यो । नृत्य सिकाउन लैजाने देखि लिएर, भारतको रियालिटी शो सम्म लैजान हजुरबुबा भुमिका रहेको छ, साथ रहेको छ, सहयोग रहेको छ ।” मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय