बिहिबार , बैसाख ६, २०८१

ब’लिउ’ड अभिनेता विनोद खन्नाका छोरा अक्षय खन्नाले बलिउडमा आफ्नो बेग्लै पहिचान बनाएका छन् । अक्षयको जन्म २८ मार्च १९७५ मा भएको थियो । अक्षयले बलिउडमा आफ्नो करियर १९९७ मा चलचित्र’हिमालय पुत्र’ बाट सुरु गरेका थिए । अक्षय खन्नाको दोस्रो चलचित्र ‘बोर्डर’ हो ।

अक्षय ख’न्नाले फिल्म ‘ताल’बाट पहिचान बनाए । चलचित्र १९९९ मा रिलिज भएको थियो र सुपर हिट भयो । फिल्ममा अक्षयसँग ऐश्वर्या राय थिइन् । फिल्म ‘दिल चाहता हे’ बाट अक्षयले फिल्म फेयर वेस्ट सपोर्टिङग एक्टरको अवार्ड पाए । यसपछि अक्ष’यका ‘हमराज’, ‘हङ्गामा’, ‘हलचल’, ‘रेस’ र ‘दहक’ जस्ता चलचित्रमा सफल भए ।

अक्षय ख’न्नाका बुवा विनोद खन्नाको निधन २०१७ मा भयो । यसपछि अक्षय एक्लो भए । ४६ वर्षको उमेरमा पनि उनले विवाह गरेका छैनन् । मीडिया रिपोर्ट्सका अनुसार, अक्षय खन्नाको विवाहको लागि करिश्मा कपुरलाई प्रस्ताव गरिएको थियो । तर कार’णव’श उनीहरूको विवाह भएन ।

करिश्माका बुवा रण’धीर कपूरले विनोद खन्नाको घरमा छोरीको विवाहको सम्बन्ध पठाएका थिए । तर करिश्माकी आमा बबीता कपूरले मानिन् । सो समय करिश्माको करियर सुरुवातमा थियो । बबीताले चाहिनन् कि करियरको यस समयमा करिश्माको विवाह हो’स ।

अक्षय खन्नालाई ए’कपट विवाह बारेमा सोधिएको प्रश्नमा भनेका थिए , ‘मलाई बच्चा मन पर्दैन त्यसैले मैले आजसम्म विवाह गरिन ।’ साथै उनी भन्छन् , ‘ म कहिले पनि विवाह गर्न चहादिन । मलाई एकलै बस्न ठिक लाग्छ । म केही समयसम्म सम्बन्धमा रहन सक्छु’ तर लामो समयसम्म त्यो सम्बन्धलाई निभाउन सक्दिन ।’

अक्षय खन्नाको नाम दुई-तीन हिरोइनसँग पनि जोडिएको थियो । यस मध्ये एक हुन् तारा शर्मा । अक्षय सधैँ लजालु स्वभावका रहेका छन् त्य’सैले उनी आफ्नो पर्सनल लाइफको बारेमा कुरा गर्दैनन् । ताराको विषयमा पनि उनले बाहिर कहिल्यै कुरा गरेनन् । अक्षय खन्ना केही समय रिया सेनसँग पनि डेटमा रहे ।

अक्षय खन्नाको अन्तिम गर्ल’फ्रे’न्ड सेरा हुन । सेरा एक ब्रिटिस मोडल हुन् । अक्षय र सेरा भेटघाट इङल्याण्डको ट्रिपमा भएको थियो । सेराले अक्षय’सँग भारतमै बस्ने निर्णय गरेकी थिइन् । तर पछि अक्षयले एक जर्मन केटीको लागि उनलाई धोखा दिएको हल्ला बाहिरि’एको थियो । अक्षय खन्नाले चलचित्र ‘एक्सीडेन्टल प्राइम मिनिस्टर’ र ‘सेक्शन ३७५’ मा राम्रो काम गरे । अन्य चलचित्र भने रि’लिज हुन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय