मंगलबार , बैसाख ११, २०८१

काठमाडौ । कुशुम पहारी उमेरले २२ वर्ष मात्र टेकेकी थिइन् । घरमा विवाहको हतार भयो ।

विवाह पनि भएको धेरै समय भएको थिएन । उनीहरुको टिकटकमा निकै रमाइला भिडियोहरु छन् ।

तर कुशुमको मृत्यु भने निकै दुखद भएको छ । महामारीमा एक पछि अर्का दुखद घटना भएका सुनिएका छन् । तर यो घटना हृदय विदारक छ ।

सिन्धुपाल्चोक घर भई काठमाण्डौको कालिमाटीमा बस्दै आएका अजय श्रेष्ठले श्रीमती कुशुम पहरीलाई संसारवाटै विदा गरिदिएका हुन् ।

उनको लाश देख्न सकिने अवस्थामा पनि थिएन । विहान साढे ७ वजे वुवालाई फोन आयो त्यती बेला छोरीले गरेकी थिइन् ।

वुढोलाई अलिकति ज्वरो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकी थिइन् । कुरा गर्दा गर्दै फोन ठ्याक्कै छुटेको थियो । विवाह भएको ९ महिना मात्र भएको थियो ।

९ महिनाको बिचमा छोरी र ज्वाईको बीचमा तीन पटक विवाद भइसकेको थियो । उनले छोरीलाई माइत ल्याएर राखेका थिए । तर श्रीमानले म अब यस्तो गर्दिन म मापसे कहिलै गर्दिन भनेर माफी मागेर उनले माइतवाट ल्याएका थिए ।

तर यसरी संसारवाटै विदा गरिदेलान् भन्ने उनलाई लागेको थिएन । दिनभरी कालिमाटीमा ब्यापार गर्ने राती घर आएपछि श्रीमानले जहिले पनि दुख दिन्थे ।

भर्खर लाउँ लाउँ खाउँ खाउँ उमेरकी छोरीलाई ज्वाईले सिध्याइदिएपछि बुवा आमा विह्वल भएका छन् । प्रहरीले घटनाको अनुसन्धान निष्पक्ष गरेको अभिभावको भनाई छ ।

घटना भएपछि अजयले आफ्ना भाईलाई फोन गरेका थिए । फोन गरेर कुशुमलाई मैले सिध्याएँ प्रहरी लिएर आइज भनेका थिए । जहिले पनि जिस्किएर त्यस्तै कुरा गर्ने गर्थे । त्यसैले उनलाई विश्वास लागेन । उनले अरुलाई कोठामा गएर हेर्नु त अजयले मलाई यस्तो भनेर फोन गरेको छ भनेर साथीलाई पठाएको बताए ।

साथीहरु जाँदा भित्रवाट ढोका लगाएर अजय भित्रै बसेका थिए । घटना भएको थाहा भएपछि भाइहरुले नै प्रहरी लिएर गएका थिए । प्रहरी पुग्दा अजयलाई कुनै पश्चताप थिए । हात उठाएर आत्मसमर्पण गर्यो । पक्रिएर लैजान भन्यो । त्यो दिन भएको केही थिएन । उ मापसे गरेर अघिल्लो रात अबेर घर आएको थियो । बिहा अजयको शरीर तातो भयो ।

ज्वरो आएको हो की भन्ने भयो । कुशुमले घरमा फोन गरिन् । फोन उनका बुबाले उठाए । बुबासँग बोल्दै कुशुमले भनिन् बुढालाई त ज्वरो आयो खै के गर्ने हो ? बाहिर नहिँड भन्यो बाहिर मात्रै दौडिन्छ । हिजोपनि मापसे गरेर आएको थियो । यत्ति मात्र के बोल्न पाएकी थिइन् ।

अजयले मोबाईल खोस्यो । मोबाईलको फोन कटायो । त्यसपछि कुशुममाथी खनिन थाल्यो । यति खनियो की मृत्युपछि कुशुम चिन्न नसक्ने अवस्थामा थिइन् । कारण ठूलो केही थिएन । मात्र ससुरालीमा माफी मागेर आएको कुरा श्रीमतीले फेरी भनि भन्ने मात्र थियो । यो घटनापछि प्रहरी नै चकित बन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय