मंगलबार , बैसाख ११, २०८१

“काठमाण्डौं ।

नेपाल आइडल सिजन-२ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। ,

“गीतमा शब्द भीम विसीको छ भने संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ। भिडिओमा कविता श्रेष्ठ, रवी ओड, प्रियंका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ।

ओड नेपाली गायकसँगै एक कलाकार पनि हुन्। रवि ओड नेपाल आइडल सिजन २ विजेता हुन्।

नेपाल आइडलमा उत्कृष्ट प्रदर्शनी गरे सँगै नेपाली साङ्गीतिक समर्थकहरू माझ उनको प्रसिद्धि दिन प्रतिदिन बढ्दै गएको थियो। रवि ओडले बिक्रम बराललाई पछाडि पार्दै दोस्रो नेपाल आइडल बन्न सफल भएका थिए ।

टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडिओ निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ।

दर्जनौं कोरस डान्सहरुसँगै सुन्दर ढंगबाट गीत तयार गरिएको छ। भिडिओ पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन दिनेश विष्टले निर्देशन छ। भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय