मंगलबार , बैसाख ११, २०८१

एजेन्सी ।

कोरोना भाइरस बढ्दै जाँदा बलिउड अभिनेता सोनु सुदले मानिसहरुलाई सहयोग गरिरहेका छन् । सोनुले लकडाउनको समयमा प्रवासी मजदुरलाई उनीहरुकै घरमा पुर्याइदिएर सहयोगको सुरुवात गरेका थिए ।

उक्त सहयोग हालसम्म पनि जारी छ । महान कामको कदर गर्दै उनलाई मजदुर मसीहको पदवी दिइएको छ ।

सोनुको कामबाट प्रभावित भएर मानिसहरुले आफ्नो पसल व्यवसायको नाम उनकै नामबाट राख्न थालेका छन् ।

एक मासु पसलको नाम आफ्नो नाममा राखेको देखेर सोनुले गज्जबको प्रतिक्रिया दिएका छन् । सोनुले पसलको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

यो भिडियो साउथको एक न्युज च्यानलको हो । जसमा एक व्यक्तिले सोनु सुदको नामबाट मटन शप खोलेका छन् । पसलको बाहिर सोनुको ठुलो ब्यानर फोटो राखिएको छ ।

भिडियोमा सोनुको ठ्लो तस्वीर देखिन्छ । भाइरल भएको भिडियोमा सोनुले आफु शाकाहारी भएको प्रतिक्रिया दिएका छन् । उनले शाकाहारी शुरु गरेमा केही मद्दत गर्ने पनि बताएका छन् । उनले बेरोजगारलाई रोजगार पनि दिलाउदै आएका छन् । मेचिमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय