शनिबार , मंग्सिर १६, २०८०

काठमाडौं ।

“पछिल्लो समय शशिरि भण्डारीले बिभिन्न आश्रमहरुमा पुगेर खाद्यानन र आर्थिक सहयोग गर्ने कामको थालनी गरेका छन् । यसअघि पबि बिभिन्न अभियानहरु चलाउँदै बिपन्न परिवारको अवस्था र स्वास्थ्य अवस्थामा सुधार ल्याउन शिशिरले महत्वपुर्ण भुमिका खेलेका थिए ।”

“शिशिरले जनक गन्धर्व, कृष्ण वलि, बिनोद रानाभाट, मेघा घिमिरे, आमा गुमाएका जुम्ल्याहा नानीहरु लगायत सयौं पिडितहरुको उद्धार गरिसकेका छन् । यसैबिच उनी एक आश्रममा पुगी एक महिनाको लागि खाद्यान्न सहयोग गरेका छन् ।”

“१८ जनाको परिवार बस्ने उक्त आश्रम काडाँघारीको सृजनशिल बाल आश्रम हो । जहाँ परिवार बिहिन ७ बर्षदेखि ११ कक्षासम्म पढ्ने नानीहरु बस्दछन् । शिशिरलाई यसका लागि अमेरिकाबाट घनश्याम भारती र बिन्दा महतले साथ दिएका हुन् । आफ्नो आमाको प०य तिथिमा भारती परिवारले सहयोग गरेको हो ।”

“साथमा शिशिरले व्यक्तिगत तर्फबाट पनि आश्रमलाई सहयोग गरे । आश्रमकी आमा उमादेवी बस्नेतले आफ्नो आश्रममा शिशिरको प्रतिक्षा गरेको बताए ।

२०६५ सालदेखि सन्चालनमा आएको आश्रममा कहिले काहि खानेकुरा नै नहुने गरेको पनि उमाले बताईन् । आफुले एकल जीवन बिताउन थालेपछि यो काम थालेको र यसले आफुलाई निकै नै आत्मसन्तुष्टि दिएको उनी बताउँछिन् । भिडियो हेर्नुस” मेचिमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय