शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

संस्कृति, पर्य’टन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साताअघि मन्त्रिपरिषद्बाट १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको जानकारी गराएका थिए ।तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उ’ड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन ।

जसले गर्दा त\त्काल नियमित हवाई उडान नहु’ने निश्चित भएको छ । १४ जेठमा मन्त्री ढकालले मन्त्रिपरिषद् बैठकबाट चीन, कतार र टर्कीमा नियमित उडान खुल्ने निर्णय भएको सार्वजनिक गरेका थिए ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले यो निर्णय कार्यान्वयनमा आउन अझै एक साता लाग्ने जानकारी दिए ।

‘नियमित उडान खोल्ने निर्णय त भयो, तर उडान व्यवस्थापनसम्बन्धी तयारीका काम परा नभएका कारण भोलिबाट नै उडान नहुने भयो’ उनले भने ।अधिकारीका अनुसार क्वारेन्टिन व्यवस्थापन, वायुसेवा कम्पनीलाई दिने उडान अनुमति संख्या लगायत विषयको टुंगो अझै लागेको छैन ।

जसले गर्दा १८ जेठदेखि तीन मुलुकमा हुने भनेको उडान नियमित नहुने निश्चित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सोमबारसम्म उडान सञ्चालन गर्नेबारे कुनै निर्णय आएको छैन ।सोमबार वा मंगलबार निर्णय आएपछि उडान व्यवस्थापन मिलाउन कम्तीमा एक साताको समय लाग्छ । सोही कारण एक साता तोकिएका मुलुकमा समेत नियमित उडान नहुने निश्चित भएको हो ।

यो पनि,,,जुन १ देखि मलेसि’यामा फेरी लकडाउन : अत्या\वश्यक बाहेक सबै आर्थिक र सामाजिक गतिविधिमा रोक,,काठमाण्डौ – कोरोना सङ्क्रमण रोकथामका लागि मलेसियामा फेरि देशव्यापी लकडाउन ‘मोमेन्ट कन्ट्रोल अर्डर’ लागू हुने भएको छ । जुन १ देखि १४ सम्म मलेसिया सरकारले अत्यावश्यक बाहेक सबै प्रकारका आर्थिक र सामाजिक गतिविधिमा रोक लगाउने निर्णय गरेको स्थानी सञ्चार माध्यम द स्टारले खबर लेखेको छ ।

खाद्यान्न, स्वास्थ्य क्षेत्र, पानी, बिजुली, सुरक्षा, इन्धन आयात निर्यात, बैङ्क तथा वित्तीय संस्था लगायतका १७ वटा अत्यावश्यक क्षेत्र बाहेक अन्य क्षेत्र सञ्चालन हुने छैन ।अत्यावश्यक बस्तु खरिदका लागि पनि एकै परिवारका दुई व्यक्तिभन्दा जान पाइने छैन । श्रमिकहरूलाई काममा आवतजावत गर्नका लागि यसअघि जारी गरिएका सबै पासहरू पनि ३१ मे देखि रद्द हुनेछ ।

जुन १ देखि त्यस्ता पासहरू काम लाग्ने छैनन् । कामको क्षेत्र अनुसार सम्बन्धित निकायले फेरि पास जा’री गर्ने मलेसियाले जनाएको छ ।पछिल्लो समय मलेसियामा कोरोना सङ्क्रमण निकै बढेको छ । मेचिमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय