बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख विजय चौथाइवालेले बाबुराम भट्टराईको आलोचना गर्दै भारतका विषयमा जथाभावी टिकाटिप्पणी नगर्न चेतावनी दिएका छन् ।

चौथाइवालेले शनिबार ट्वीट गर्दै भट्टराई अझै पनि जेएनयुको सपनामा रहेको बताएका छन् ।

भट्टराईले नेपालको आन्तरिक राजनीतिमा हातहालेको आरोप लगाएपछि चौथाइवालेले विरोध जनाएका छन् ।

नेपालको राजनीतिक घटनाक्रममा भारतको हात रहेको टिप्पणी भट्टराईले गरेका छन् । द हिन्दूमा भट्टराईको आर्टिकल छापिएको छ ।

आर्टिकलमा नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेप रहेको आरोप भट्टराईले लगाएका छन् ।

चौथाइवालेले नेपालको घरेलु राजनीतिमा कुनै पनि टिप्पणी गर्नका लागि बाबुराम स्वतन्त्र भए पनि भारतबारे उनको टिप्पणी उचित नभएको बताएका छन् ।

चौथाइवालेले भनेका छन्, ‘नेपालको घरेलु राजनीतिमा कुनै पनि कुरा गर्न स्वतन्त्र छ, आरएसएस र भारतमा उनको टिप्पणीले उनी अझै पनि जेएनयू सपना जग्गामा बसिरहेको कुरा देखाउँदछ ।’

उनले भने, ‘सामान्य डाइ–हार्ड कम्युनिस्टजस्तै बाबुरामजी सबैजनालाई आफ्नै असफलताका लागि दोषारोपण गर्दैछन् ।’ सुदर्शन खवरवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय