एजेन्सी ।

बलिउड सुपरस्टार सञ्जय दत्तलाई युएई सरकारले गोल्डेन भीसा दिएको छ । उनले आज गोल्डेन भीसा पाएका छन् । भारतमा कोरोना भाइरसको महामारी बढेपछि युएईले त्यहाँबाट यात्रा बन्देज लगाएको छ । तर, गोल्डेन भीसा पाउनेले भने यात्रा गर्न पाउनेछन् । सञ्जय दत्त गोल्डेन भीसा पाएर यात्रा गर्ने अनुमति पाउन सफल भएका छन् ।

सञ्जयलाई गोल्डेन भीसा दिनुमा मानवीय कारण रहेको छ । उनी फोक्सोको क्यान्सरको उपचार युएईको दुबईमा गराइरहेका छन् ।

सञ्जयले किमोथेरापीको माध्यमले क्यान्सरको उपचार गरिरहेका छन् । गोल्डेन भीसा पाएपछि उनले युएईप्रति सम्मान प्रकट गरेका छन् ।

यो पनि, बलिउड अभिनेता संजय दत्तका शुभचिन्तकहरु विश्वभर रहेका छन् । संजय दत्त प्रायः सामाजिक सञ्जालमा पोस्ट गरेर फ्यानहरुसँग जोडिदै आएका छन् । आज संजय दत्तले ट्विट गर्दै संयुक्त राज्य एमिरेट्स (युएई)को गोल्डेन भिजा पाएको जानकारी दिएका छन् ।

एजेन्सीको अनुसार संजय युएईको गोल्डेन भिजा पाउने बलिउडका पहिलो व्यक्ति हुन् । गोल्डेन भिजा पाएपछि उनले युएईका अधिकारीहरुलाई धन्यवाद दिएका छन् । संजयलले आफ्नो युएईको राहदानी सहितको एउटा फोटो र अर्को मेजर जनरल मोहम्मद अल मारीको साथमा भएको तस्वीर शेयर गरेका छन् ।

पछिल्लो पटक संजय दत्त फिल्म ’पानीपत’ मा देखा परेका थिए । अब उनी चाँडै केजीएफः च्याप्टर २, शमेरेशा, भुजः द प्राइड अफ इन्डिया र पृथ्वीराजमा देखा पर्दैछन् । रिपोटर्स नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय