बिहिबार , बैसाख १३, २०८१

“काठमाडौं ।

नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेताको संज्ञा दिएका छन् ।

“प्रधानमन्त्री ओलीले आजको एक कार्यक्रममा पार्टी अनुशासनही र अराजक भएको भनेको कुरा उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन् ।”

“सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो लेखेका छन्-“प्रमं केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ।”

“हो, पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो।”

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष, एमालेबाट निश्काषित माधव कुमार नेपाल पक्ष र जनमोर्चाको विपक्षी गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने तयारीमा जुटेको छ ।”

“आज बसेको विपक्षी गठबन्धनमा नेताहरुले ओली सरकारले एकपछि अर्को गरेर संविधानमाथि घात गरेको र यसको मर्म र भावना कुल्चिएको निश्कर्ष निकालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निश्काषित नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेलले संयुक्त विज्ञप्ती जारी गरेर असंवैधानिक कामको आलोचना गरेका छन् ।”

“उनीहरुले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी समेत दिएका छन् । आजको बैठकमा ओलीप्रति सबैभन्दा बढि आक्रामक रुपमा देउवा खनिएका थिए ।

उनले अदालतले संसद् पूनःस्थापना गर्ने विश्वास दिलाएका थिए । तर, ओली सरकारले गरेका असंवैधानिक निर्णय र गतिविधि अब सह्य नहुने भन्दै आवश्यक परे कडा संघर्षमा उत्रिनुपर्ने पनि देउवाको भनाई थियो ।” मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय