शनिबार , बैसाख ८, २०८१

काठमाडौं

“नेपाल सरकारले आर्थिक वर्ष २०७७– ०७८ का लागि शनिबार सार्वजनिक गरेको बजेटमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकार हरुले पनि यसलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन् । विशेषगरि, चलचित्रको नविकरण र इजाजतका लागि छुट दिने निर्णयले निर्मातालाई राहत मिलेको छ ।”

“विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णयले हल संचालकहरु लाई राहत मिलेको छ ।यसैविच, नायिका वर्षा सिवाकोटी ले भने बजेट सधै नै राम्रो र आनन्द लाग्ने खालको नै आउने प्रतिक्रिया दिएकी छिन् । उनले लेखेकी छिन्–बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो ।”

“यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ । तर, भाषण सकि ने वित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ ।’वर्षाले नेताको दिनहुँको किचलोले भने जनतालाई दिक्क बनाएको धारणा व्यक्त गर्दै अगाडि लेखेकी छिन्–‘यो कुरा वुझाउन नेतालाई पढाउने र”

“वुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने ।’वर्षाले बजेट राम्रो आएपनि नेताहरुले एक अर्कालाई गाली गलौज गर्न र झगडा गर्न नछाडेको भन्दै यो बिषयमा वुझाउनका लागि उनीहरुलाई तालिम दिनुपर्ने आशयको धारणा व्यक्त गरेकी छिन् ।”

“नेताहरुको किचलोले सन्जाल सधै तातिरहेको हुन्छ। एकले अर्काको खुट्टा ता निरहेको देखिन्छ शिक्षा र तालिम को कमिले नेताको लडाइँ झगडा भएको अब नेतालाइ तालिम केन्द्र चाहियो। त्यसको लागि पनि बजेट हुन पर्छ भन्ने धारणा राखेकी छिन।” मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय