बिहिबार , बैसाख ६, २०८१

“बेइजिङ । शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् । यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो ।”

“यो उपलब्धीबारे इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका खोजकर्ता गोङ शिआनजुले घोषणा गरेका छन् जो यसको अनुसन्धान सञ्चालनका नेतृत्वकर्ता हुन् । ‘एक्सपेरिमेन्टल अड्भान्स्ड सुपरकन्डक्टिङ तोकामाक’, इस्ट नामक सो उपकरणले १२० सेकेन्ड सम्म १२ करोड डिग्री सेल्सियस र २० सेकेन्डका लागि १६ करोड डिग्री सेल्सियस तापमान उत्पन्न गराउन सफल भएको बताइएको छ ।”

“चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस क्रित्रिम सूर्य अर्थात् न्युक्लियर रियाक्टरले २०१८ को नोभेम्बरमा १० करोड डिग्री सम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरेको थियो । त्यो भनेको सूर्यको तापमान भन्दा ७ गुणा धेरै हो । न्युक्लियर फ्युजनबाट ऊर्जा संकलन गर्नकै लागि रियाक्सनलाई स्थिर राख्ने प्रयास अन्तर्गत वैज्ञानिकहरुले लामो समयदेखि इस्टको तापमानमा काम गरिरहेका थिए ।*

“यो उपकरण चीनको पूर्वतर्फ रहेको आनह्वी प्रान्तको हिफेइ शहरमा रहेको छ । यसको लक्ष्य भनेको ‘ड्युटेरियम’ हाइड्रोजन तत्वको प्रयोग गरि सूर्य जसरी न्युक्लियर फ्युजनमार्फत सफा ऊर्जा उत्पादन गराउनु हो । यसमा एक लिटर समुद्री पानीमा हुने ड्युटेरियमले फ्युजन रियाक्सन मार्फत, ३०० लिटर इन्धन बराबर ऊर्जा उत्पादन गर्न सक्ने बताइएको छ ।”

“कोइला, तेल, प्राकृतिक ग्यास जस्ता पदार्थहरु माँसिदै जाने र कुनैदिन सकिने खतरामा छन् भने तिनले वातावरणलाई पनि उत्तिकै हानि पुर्याइरहेका छन् । यसरी विद्युतको बढ्दो मागसँगै वातावरणमा परिरहेको लगातार असरका कारण विज्ञहरु ऊर्जा उपभोगबारे ठूलो द्विविधामा छन् ।”

“त्यसैले पनि चीनले यस फ्युजन परियोजनामा लगातार काम गरिरहेको छ जसले वायुमण्डललाई हानि पुर्याउने किसिमका कुनैपनि ग्यास उत्पादन नगरि स्वच्छ ऊर्जा निकाल्न सक्छ । यस कृत्रिम सूर्यका लागि आवश्यक कच्चा पदार्थ भने पृथ्वीमा असिमित रहेकाले पनि चीनले फ्युजन ऊर्जालाई नै सबैभन्दा प्रभावशाली ऊर्जा मानेर यस मार्फत देशलाई कार्बनमुक्त गराउन मद्दत पुग्ने अपेक्षा गरिरहेको छ ।”

“तर फ्युजन ऊर्जाका लागि फिजिक्सका साथै अत्यन्तै सक्षम वैज्ञानिक रिसर्च टोली अनि ठूल्ठुला आनुसन्धानात्मक उपकरणहरुको पनि आवश्यकता पर्दछ । इस्टका उपनिर्देशक सङ युनताआले बताए अनुसार यो उपकरण नियन्त्रण गर्न सहज छ र कुनैपनि समय पावर सप्लाइ बन्द गर्दा यन्त्रले पूर्ण रुपमा काम गर्न बन्द गर्ने हुँदा परमाणु विस्फोटन वा अन्य भयानक दुर्घटना हुने खतरा हुँदैन । तर यसका धेरै फाइदा भएपनि प्राविधिक आवश्यक्ता पूरा गर्नु यसको सबैभन्दा ठूलो चुनौति रहेको बताइएको छ । सिजिटिएनबाट”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय