बुधबार , बैसाख १२, २०८१

काठमाडौ ।

कहिलेकाही सोच्दै नसोको घटना हुन्छ । केही हजारका नोट भेट्टाउनु त सामान्य नै हो ।

तर करोडौ रुपैयाँ फेला पर्नु सामान्य पक्कै हैन । झारखण्डमा त्यहाँका स्थानीय केटाकेटीका लागि त्यस्तै एक असामान्य घटना भयो ।

राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले ५ करोड रुपैयाँ नगद फेला पारेका छन् ।

गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा भित्र ५ करोड रुपैयाँ फेला परेको हो । बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँका बिटा देखेपछि उनीहरुको होश हवास नै उड्यो ।

यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतिय जनता पार्टीका नेता नरेन्द्र मोदी सरकारमा आएपछि नोटबन्दीको निर्णय लिए ।

निश्चित समयमा स्रोत खुलाएर नोट देखाए त्यसलाई वैध मान्ने तर नोटको स्रोत नखुलाए उल्टै भ्रष्ट्राचारमा हाल्ने निर्णयपछि मानिसहरुको भागाभाग भएको थियो । सायद त्यही बेला पचाउन नसकेका नोट फ्यालिएको हुनसक्ने भारतीय प्रहरीको दावी छ ।

तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ । भारतीय मिडियाका अनुसार सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको थियो ।

बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर छरिएपछि सबै चकित भए । उनीहरुले गाउँलेहरुलाई बोलाए ।
जनवोलीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय