शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

अभिनेत्री प्रियंका कार्की अहिलेकी चर्चित अभिनेत्री हुन् । विभिन्न कारणले चर्चामा आइरहन रुचाउने उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् ।

नेपालमा बढिरहेको कोरोना कहर र राजनीतिक अवस्थाबाट उनी आजित भएकी छिन् । उनले स्ट्याटस लेख्दै भनेकी छन्, “अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिलेको प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने ?”

उनले महामारीमा जनताको दुख नबुझेको भन्दै सरकारप्रति आक्रोश गरेकी छन् । उनी लेख्छिन्, “अहिलेको नाजुक घडीमा ४० अर्ब चुनावमा खर्च गर्ने ? देश र जनतालाई साच्चै यही चाहिएको हो त यो समयमा ? बुझ पचाएर बस्ने ? अझै पनि आफूले आफुसँग नजर मिलाउन सक्छौ ? ए सरकार ? राति निन्द्रा राम्रो लाग्छ ? तिम्रो देश जलिरहेको छ। नेताहरू मरिरहेका छन्। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।”

उनले देश हाँक्ने शक्ति, देशलाई प्रगति र उन्नतीको मार्गमा लैजानु, इमानदारी र जिम्मेवारीका साथ देश र जनताको सेवा र सुरक्षा गर्नु सरकारको दायित्व होइन र ? भन्दै सरकारलाई प्रश्न गरेकी छन्

उनले दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको, अस्पताल, अक्सिजन र भेन्टिलेटरको अभावमा जनताले भोगेका दुख पाइरहेको समयमा अरबौँ खर्च गरेर चुनाव गर्नु उचित नहुने समेत जिकिर गरेकी छन् । केटिएम न्यूजवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय