काठमाडौं ।

कलाकारीता क्षेत्रका चर्चित पात्र सन्दिप क्षेत्रिले आफ्नो सो ‘ह्वाट द फ्लप सो’ मार्फत सांसदहरुको आलोचना गरेका छन् । उनले एक समाचार पढ्दै सांसदहरु बस्ने ठाउँमै ठेला उठोस्, पिलो आओस, टनटन दुखोस् भन्दै रिस पोखेका थिए ।

हाँस्य रियालिटि सो मार्फत क्षेत्रीले सांसदहरुको गतिविधि प्रति दुख व्यक्त गरेका हुन् । संसदको अर्को बैठक ३० गते बस्ने । ३० गते बसेपनि बस्नुहोस्, ३५ गते बसेपनि बस्नुहोस् । तपाईँहरु जहिले बसैपनि केहि हुनेवाला छैन ।

जहिले बस्न मन लगाए बस्नुहोस्, यसरी बस्नुहोस् कि बस्ने ठाउँमै ठेला उठोस्, पिलो आओस् । अनि थाहा पाउनुहुन्छ कि नेपाली जनताको मन कति दुखेको छ भनेर । संक्रमितको खानामा पनि राजनिति । लगायत अन्य विषयमा सन्दिपले आवाज उठाएका थिए ।

अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबुमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।
चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्। उनी नेपाली चलचित्र ‘छक्का पञ्जा ३’सै चलचित्रकी निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन् ।

कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ ।मुन्द्रेको कमेडी क्लब भाग १५ मा चर्चित हाँस्य कलाकार सन्दिप क्षेत्रि उपस्थित भएका थिए ।

मुन्द्रेको कमेडी क्लब भाग १५ मा चर्चित हाँस्य कलाकार सन्दिप क्षेत्रिले यसरी धमका मच्चाएका छन् भने कार्यक्रममा मुन्द्रेको कमेडीले कार्यक्रमको माहोल नै रमाइलो भएको छ । शान्तिवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय