बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

मिस नेपाल शृंखला खतिवडाको आमा मनु खतिवडा पदमुक्त भएपछि पत्रकार ऋषि धमलाले समाचार प्रकाशन गरे । ऋषिले आफ्नो अनलाईन पत्रिका रिपोर्टसनेपाल डट कममा ‘पूर्वमिस नेपालकी आमालाई पनि सांसदबाट पदमुक्त गर्ने तयारी’ शिर्षकमा समाचार सम्प्रषित गरे ।

ऋषिले समाचार सम्प्रषित गरेपछि विभिन्न टिकाटिप्पणीहरु प्नि आए । मिस नेपाललाई जोडेर किन समाचार प्रकाशन गरेको भन्दै धेरैले ऋषिको आलोचना गरे ।

आफ्नो फेसबुकमा पनि ऋषिले उक्त समाचार शेयर गरेपछि उक्त विषय झनै चर्चामा आयो । समाचार शेयर गरेको केहि समयमै हाँस्यकलाकार केदार प्रसाद घिमिरे उर्फ माग्ने बुढाले प्रतिक्रिया दिइहाले ।

उनले ऋषि धमलाको पत्नि एलिजा गौतमलाई आफ्नो श्रीमानलाई सम्झाउन आग्रह गर्दै प्रतिक्रिया दिए । उनले लेखे, ‘मिस नेपाललाई समाचारमा मिसाउँदा मिसबिहेब जस्तो भयो मिस नेपाल नमिसाई ुमाचा बन्दैन र ?एलिजा जी लौन सम्झाउनु परो ।’

ऋषिलाई सस्तो लोकप्रियताको मोहः ऋषि धमला सधैँ जसो चर्चामा रहेको विषयलाई आफ्नो कार्यक्रममा प्रस्तुत गर्छन् । उनी कहिले प्रधानमन्त्री त कहिले कलाकारहरुलाई कार्यक्रममा बोलाएर अन्तर्वार्ता लिने गर्दछन् ।

ऋषि हरेक तात्तातो विषयमा समाचार बनाइहाल्छन् । तर, उनले हाल्ने समाचारहरु आलोचित बन्छ । किनभने, उनी दर्शक तान्नकालागि विभिन्न तरिकाबाट समाचार प्रकाशन गर्छन् । शान्तिवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय