शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेपाली सिनेमा जगतको चर्चित नाम हो, रेखा थापा । ४० वर्षिया थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । विसं २०३९ भाद्र ५ मा जन्मिएकि थापा सन् १९९९ मिस नेपालमा सहभागी भएर उत्कृष्ट दशमा पर्न सफल भएकी थिइन् । मिस नेपालमा सहभागि भएको दुई वर्षपछि नेपाली चलचित्र क्षेत्रमा थापाले पाइला टेकेकि थिइन् । उनले पुर्वपति छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

हालसम्म उनले दुई सय भन्दा बढि नेपाली चलचित्रमा अभिनय गरिसकेकि छिन् । उनले सन् २०१० र २०११ मा उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् । त्यसैगरि,सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार समेत थापाले जितेकी थिइन् । उनले दर्जनौ सुपरहिट चलचित्र ‘काली’ र ‘हिम्मतवाली’ पछि २०७० चैत २६ मा चलचित्र ‘रामप्यारी’ लिएर आएकि थिइन् ।

रेखा थापा, नेपाली चलचित्रमा स्थापित नाम बनेको धेरै भयो । पहिलो हिरोइन, अभिनेत्री, निमार्ता हुँदै निदेर्शकसम्म रेखा थापाले आफूलाई प्रमाणित र स्थापित गरेकी छन् । १५ वर्षभन्दा बढीदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय रहेकी रेखालाई शुरुमा बो ल्ड नायिकको रुपमा हेरियो । त्यसपछि उनी चलचित्रमा नायकका रुपमा प्रस्तुत हुन थालिन्, अर्थात केन्द्रीय पात्र महिला नै रहेका चलचित्रमा रेखा सफल हुँदै गइन् र ती चलचित्रको निर्माण पनि गरिन् ।

पछिल्ला केही वर्षदेखि उनी चलचित्र निर्माणसँगै निर्देशनमा पनि सक्रिय छन् र अभिनयले निरन्तरता पाइरहेको छ । रेखा थापाले आफूलाई अहिलेसम्मको यात्रामा पहिरनले मात्रै होइन स्वभावले बो ल्ड बनेकी छन् । चलचित्रको माध्यमबाट समाजका कु री ति वि रुद्ध प्रहा र गर्न आफू लागि परेको उनले बताउने गरेकी छन् ।

रेखा थापा अहिले आफ्नो निर्माण तथा निर्देशनमा रहेको चलचित्र मा लि काको प्रदर्शनको तयारीमा छन् । बालविवाहको विषयलाई समेटिएको चलचित्रमा कर्णाली क्षेत्रको कथा समेटिएको छ र यसमा मूख्य पात्रको रुपमा उनले सामान्य किशोरीलाई लिएकी छन् ।

नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन्। सोमबार काठमाडौंको आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले नायिका थापालाई पार्टी प्रवेशको पत्र र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन्। यसअघि नायिका थापा नेकपा माओवादी केन्द्रसँग आबद्ध थिइन्।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढ ेर बताएकी छिन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापाले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत स्पष्टीकरण दिइन् ।

नायिका रेखासँगै उनकी आमा सरस्वती थापा पनि राप्रपामै प्रवेश गरेकी छिन् । उनलाई पनि राप्रपा अध्यक्ष थापाले मा ला लगाएर पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेशपछि कार्यक्रममा बोल्दै नायिका थापाले आफू हिन्दु नारी भएकाले राप्रपा रोजेको बताइन् ।

माओवादीको आफूले सदस्यता नलिएको दाबी गर्दै नायिका रेखाले राप्रपा नै आफ्ना लागि अ न्तिम पार्टी भएको बताइन् । यसअघि चर्चित लोक गायिका कोमल ओली पनि राप्रपा र राप्रपा नेपाल एकीकरण भएलगत्तै राप्रपामा औपचारिकरुपमा प्रवेश गरेकी थिइन् । केटिएम दैनिकवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय