बिहिबार , चैत्र १५, २०८०

काठमाडौं

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशको नेतृत्व ‘गणतन्त्रविरोधी बयलगाडे’हरूको हातमा पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भैरहेको तर्क गरेका छन्‌।

विद्युतीय सामाजिक सञ्‍जाल ट्वीटरमा भट्टराईले यस्तो लेखेका हुन्। साथै, यस्तो स्थिति हटाउन ‘गणतन्त्रविरोधी बयलगाडे’ लाई परास्त गरी जनताको हालतमा आएको सार्वभौमसत्ता रक्षा गर्न पनि उनले आग्रह गरेका छन्‌।

​हालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र अन्त्य गरेको दोस्रो जनआन्दोलनको छेकोमा नेपालमा गणतन्त्र स्थापना गर्नु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै भएको अभिव्यक्ति दिएका छन्‌। पूर्वप्रम भट्टराईले उनै ओलीप्रति कटाक्ष गरेका हुन्‌।

​गणतन्त्र स्थापना भएको आज १४ वर्ष पूरा भएको छ। डा. भट्टराई नै योजनाकार रही पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको जन(यु*द्ध र त्यसकै बलमा २०६२/६३ मा जनआन्दोलन भई नेपालमा गणतन्त्र स्थापना भएको हो ।

यो पनि, सर्वोच्च अदालतले नेकपाको नाम विवादको फैसला टुंगो लगाउँदै २३ फागुनमा पूर्व एमाले र पूर्व माओवादी ब्युँताएपछि वर्तमान एमालेभित्र पेलाईमा परेको माधव नेपाल समूहले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाएको छ ।

नेपाल पक्षका २ निकट कार्यकर्ताले दुई दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् ।

गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नयाँ दल दर्ता गर्दा पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशबाट उमेदवार बनेका खिमलाल देवकोटाले कलम चिन्ह लिएर चुनाव जितेका थिए । नयाँ बन्नसक्ने पार्टीको चुनाव चिन्हलाई नै ध्यान दिएर देवकोटाले कलम चिन्ह मागेको स्रोतको दाबी छ।

पार्टीको उपाध्यक्षमा कल्पना गुरूङ र महासचिवमा विनोदकुमार खुलाललाई तोकिएको छ । त्यस्तै सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । आयोग उच्च स्रोतले पनि नयाँ दल दर्ताका लागि राईले केन्द्रीय समिति सहित निवेदन दिएको पुष्टि गरेको छ।

यतिबेला आयोगमा पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुने जनाइएको छ । राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको बताए ।

यस्तै नेकपा लोकतान्त्रिक पनि दर्ताको तयारीमा छ । सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी निषेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो ।

दल दर्ताका लागि निवेदन आएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ । विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताए । रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् ।

चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ । सुदर्शन खवरवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय