प्रिज्मा प्रिन्सी कसको प्रेममा

काठमाडौं ।

पछिल्लो केहि समय यता नेपालका चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री ‘बले’ प्रेममा रहेको खबर एकाएक बाहिरिएको छ ।

बुझिएअनुसार लम्साल टिकटकमा राम्रो फलोअर्स कमाएकी प्रिज्मा खतिवडासंग प्रेममा रहेका जनाइएकोछ। त्यस्तै प्रिज्माकी बहिनि प्रिन्सी खतिवडा पनि टिकटकबाट उदाएर म्युजिक भिडियोमा सफलता हासिल गर्दै आएका मन्जिल बस्नेतको प्रेममा रहेकी जनाइएकोछ ।

प्रिज्मा र प्रिन्सी खतिवडा जुम्ल्याहा दिदिबहिनी हुन्। यी चारै जनाले ‘रनभुल’नामक एक म्युजिक भिडियोमा एकसाथ अभिनय पनि गरिसकेका छन् ।

प्रिज्माले सागर लम्साल ‘बले’ फिचर्ड हरेक गीतको टिकटक भिडियो बनाउँदै आएकी थिइन् । भने प्रिन्सीले माघ २० गते मन्जिल बस्नेतसंगको एक तस्विर शेयर गर्दै कोहि मान्छे आफ्नो मुटुको नजिक रहेको भन्दै क्याप्शन लेखेकी थिइन्।

यतिबेला सागर लम्साल सहित चारैजनालाई सामाजिक संजालमा बधाईको ओइरो लागेको छ ।

एक विश्वस्त श्रोतका अनुसार सागर ‘बले’ र प्रिज्माले केहि बर्षमा बिहे गर्दैछन । बुझिएअनुसार केहि समयदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको छ ।

सागर लम्साल हाल ‘सक्किगो नी’ नामक हाँस्य टेलिश्रृंखलामा अभिनय गरिरहेका छन् ,उनले दर्जनौँ सफल म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

२०७८ जेष्ठ १५, शनिबार ०७:१६ गते 0 Minutes 99 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार