शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ ।

जसपाको उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारबाट केही प्रशासनिक माग सम्बोधन भएपनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनि सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।

जसपाकै महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ओली सरकारले आफ्ना माग मुद्दा सम्बोधन गरेको भन्दै सरकारमा जान तयार रहेको बेला यादव पक्षले यस्तो निष्कर्ष निकालेको हो ।

यादव पक्षले पास गरेको राजनीतिक प्रतिवेदनमा ओलीको आलोचना गर्दै संवैधानिक व्यवस्थाको ओभरल्यापलाई पुनः लिकमा ल्याउन काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्षसँग सहकार्य गर्न जरुरी रहेको उल्लेख छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले किसानलाई मलको अभाव हुन नदिन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई निर्देशन दिनुभएको छ । भण्डारमा डीएपी र युरिया मल पर्याप्त हुँदाहुँदै किसानसमक्ष सो मल नपुगेको गुनासो आइरहेको थाहा पाएर सचिव कार्कीले सो निर्देशन दिनुभएको हो ।

नेपालमा रासायनिक मल बिक्री वितरण गर्ने मुख्य निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन हुन् । सचिव कार्कीले मलको अभाव नहोस् भनेर आफूले निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलको अभाव छैन, भण्डारमा पर्याप्त मल छ तर किसानले मल पाएन भनी गुनासो आइरहेको छ । गुनासो नआउने गरी मल आपूर्ति गर्न निर्देशन दिएको छु । ”
कोभिड–१९ को दोस्रो लहरका कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञाको अवस्था रहेको र किसानले प्रमुख खाद्यान्न बाली धान लगाउने समय नजिकिँदै गर्दा मलखाद तथा बीउको बिक्री वितरण प्रणालीमा समस्या भएको र किसानलाई सहज रूपमा उपलब्ध हुन नसकेको गुनासो आइरहेकामा त्यहाँ कम्पनीहरूबाट किसानको गुनासो नआउने गरी सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा रासायनिक मलखाद र बीउको बिक्री वितरण गर्नुहुन निर्देशन दिएको दुवै कम्पनीलाई पत्र पठाइएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्डअनुसार रासायनिक मल बिक्री वितरण गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको र यता गृह मन्त्रालयसँग पनि सहज बनाइदिन पहल भइरहेको उहाँले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय